कपिलवस्तु । आगामि मंसिर १९ गतेदेखि सञ्चालन हुन लागेको १५ औँ कपिलवस्तु महोत्सवलाई सफल बनाउन आफुहरु तत्पर रहेको उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल ९कोपिल० ले बताउनुभएको छ । आज संघको सभाहलमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो ।
कपिलवस्तु महोत्सव समग्र कपिलवस्तु जिल्लाकै पहिचान र गौरवको विषय भएको भन्दै यस क्षेत्रका हरेक संघसंस्था महोत्सवलाई सफल बनाउने तर्फ लाग्नुपर्ने बताउनुभयो । कुनै संस्थाले आयोजना गरेको भएपनि महोत्सव जिल्लाका हरेक व्याक्ति र उद्योगी व्यवसायीको भएको उहाँले बताउनुभाये ।
फरक प्रसङ्गमा पौडेलले आगामी वर्ष २०८२ सालको कपिलवस्तु महोत्सव उद्योग ब्यापार संघ कपिलवस्तुले लगाउने पनि बताउनुभयो । महोत्सव लगाउनको लागि आफुहरु पनि सक्षम रहेको भन्दै ८२ सालको महोत्सव आफुहरुले लगाउनेमा कुनै सङ्का नरहेको बताउनुभयो ।
संघका संरक्षक टोप नारायण बेल्वासेले आगामी २०८२ सालमा कपिलवस्तु महोत्सव ब्यापार संघले सञ्चालन गर्ने सहमति नै भएको बताउनुभयो । महोत्सव सञ्चालन गर्ने कपिलवस्तु उद्योग वाणिज्य, उद्योग ब्यापार संघ कपिलवस्तु र बाणगङ्गा वेलफेयर सोसाइटी बिच बाणगङ्गा नगरपालिकाको संरक्षकत्वमा सम्झौता भएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष तथा संघका प्रेस सल्लाहकार डिला भुसालले कपिलवस्तुमा हुने कुनैपनी मेला महोत्सवलाई सफल बनाउन सञ्चारकर्मी सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा संघका पदाधिकारी, यस क्षेत्रका सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।