२०८१ मंसिर २१, शुक्रबार १५:४७

काठमाण्डौ 

सर्वोच्च अदालतले आठ वर्ष पुराना मुद्दा चालू आर्थिक वर्षभित्र शून्यमा झार्ने लक्ष्य लिएको छ । अदालतको गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रियाका क्रममा सर्वोच्चले यो जानकारी गराएको हो ।

अदालतले बनाएको योजनाअन्तर्गत आठ वर्ष नाघेका मुद्दाहरू एक सय ५४ थान रहेको र चालू आर्थिक वर्षको असार मसान्तभित्र सक्ने योजना रहेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा आफूहरूले ‘जिरो आवर’ लाई संस्थागत सुधारका निम्ति उपयोग गरेको पनि उल्लेख गर्नुभयो ।

सर्वोच्च अदालतले पारदर्शिता र उत्तरदायित्वबोध गराउन गोला प्रथा शुरू गरिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय