बाणगंगा । मायादेवी साझेदारी वन उपभोक्ता समुहको १२औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । विहिबार पिस हिमालयन रिसोर्टको सभाहल ठाकुरापुरमा मायादेवी साझेदारी वन उपभोक्ता समुह पटना कपिलवस्तुको १२औ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनि प्रदेश सभा सदस्य मधुसुदन शारण चौधरीले वन अतिक्रमण धेरै मात्रामा बढेको भन्दै सबै मन्त्री चुप लागेर बस्नाले अतिक्रमणको अवस्था आएको बताएका थिए । अतिक्रमण गर्नु उनिहरुको अधिकार नरहेको बताए । जिल्ला प्रशासन, प्रहरी ,वनका प्रमुखहरु बैठक बसेर कुनै निचोडमा पुग्न सकेमा यसलाई न्युनिकरण गर्न सकिने बताए । अन्य देशबाट सबै आयात भैरहदा सरकारले उत्पादन तर्फ ध्यान नदिएको उनको भनाइ थियो । वनलाइ सम्रक्षण गर्न सकेमा मात्र दिगो बिकास हुने बताए ।
त्यस्तै अध्यक्ष दिनेश प्रसाद जयसवालले बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै । अत्याधिक रुपमा बन अतिक्रमण भएको भन्दै यसलाई नियन्त्रणमा आफु लागेको र अझै अतिक्रमित जग्गालाइ नियन्त्रण गर्ने बताए । अतिक्रमित नियन्त्रणमा लिएको करिब २० बिघा क्षेत्रफलमा यस बर्ष बृहत रुपमा बिरुवा रोपण कार्य गरेको बताए । उनले बास्तविक सुकुम्वासिलाइ पहिचान गरी बन ब्यवस्थापन गर्नुपर्ने बताए ।
वनलाई वन व्यवस्थापन र ऐतिहासिक तथा पर्यटकिय हिसावले समेत चिनाउदै प्राचिन गौतमबुद्धको राजधानी तिलौराकोटका साथै खुला सांस्कृतिक संग्राहलय एवं सांस्कृतिक राजधानीको रुपमा परिचित रहेको यस कपिलवस्तु जिल्लाको आर्थिक, सामाजिक, राजनैतिक तथा सांस्कृतिक विकाससंगै यो क्षेत्रलाई अगाडी बढाउने बताए । आगामी दिनमा हामी सबैले राजनितिबाट माथि उठेर एक आपसमा हाते
मालो गर्दै अगाडी बढ्दा वन अझ बढी संरक्षण र विकास गरी
उपभोक्ताहरुको ईच्छा र अकांक्षालाई पुरा गर्न सकिन्छ भन्ने उदाहरण हामी सबैको प्रयासले सम्भव हुने बताए । मायादेवी साझेदारी वन उपभोक्ता
समुहलाई दिगो वन व्यवस्थान पर्यापर्यटन, जिविकोपार्जन र शुसासनको अनुभूति गराउदै अझ सुन्दर बनाउन सबैको सहकार्य आवश्यक रहने बताए ।
बाणगंगा नगरपालिका, शुद्धोधन गाउपालिका र मायादेवी गाउपालिका सङ्गै कपिलवस्तु जिल्ला, लुम्बिनी प्रदेश र राज्यको समेत सुन्दर भविष्य निर्माणमा यस मायादेवी साझेदारी वनको बिस्तारमा योजना बनाइ अगाडि बढ्न स्थानिय सरकार , जिल्ला समन्वय समिति , प्रदेश र सङ्घिय सरकारलाई अपिल गरेका थिए ।
त्यस्तै आर्थिक संयोजक राकेश यादवले लेखा परिक्षण प्रतिवेदन पेश गर्दै प्रस्ताव गरिएका आम्दानीहरुको श्रोत संकलन हुन नसक्दा आर्थिक कारण यस सामुदायिक वन भित्र गर्न खोजेका तथा तय गरिएका योजना अनुसारका कामहरु गर्न नसकेको बताए ।
यस वनमा नियमितरुपमा १९ जना कर्मचारी कार्यरत रहेको र वन क्षेत्रमा हुने अन्य विभिन्न गतिविधिहरुमा संलग्नताको आधारमा मासिक अन्य ४० देखि ४५ जना सम्मले रोजगारी प्राप्त गरेको बताए । यस क्षेत्रमा रहेको बस्तिमा अप्रत्यक्षरुपमा विभिन्न किसिमका रोजगारीको सृजनाले उपभोक्ता वासिमा तेवा पुगेको बताए । यस साझेदारी क्षेत्रले लुम्बिनी प्रदेशमा पहिचान प्रदान गरेको उनको भनाइ थियो । संस्थाको हितका लागि सबैले सकारात्मक धारणाको विकासका साथै सकारात्मक सल्लाह सुझापले समुहलाई थप दिगो बनाउन सकिने बताए ।
उक्त कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स जितपुरले वनका कर्मचारीको बिमा पोलिसि हस्तान्तरण गरेको थियो ।
त्यस्तै बनलाई विभिन्न तवणले सहयोग पुर्याएको भन्दै ३ जनालाइ उच्च मुल्यान्कनका आधारमा सम्मन गरेको थियो ।
मयादेबी साझेदारी बनका उपाध्यक्ष शैलेन्द्र कुमार यादब को स्वागत मन्तब्य र बिशिष्ट अतिथि डिभिजन बन कार्यालय तौलिहवाका बन अधिकृत यादभ सापकोटा , बाणगङ्गा नगर उपप्रमुख रिता कुमारी चौधरी , शुद्वोधन गाउपालिकाका अध्यक्ष कमलेश शरण चौधरी , अतिथि मनकामना सामुदायिक बनका अध्यक्ष मुक्त बहादु कार्की , वैज्ञािनक बन उपभोक्ता राष्ट्रीय महासङ्घका उपाध्यक्ष दिल्लि राज रेग्मि लगाएतको शुभकामना मन्तब्य हरेको थियो भने उक्त वनका सदस्य गोबिन्द प्रसाद पौडेलको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।