२०८१ पुष १०, बुधबार ०६:३२

कपिलवस्तुमा जिपको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका( ८ चप्परगाउँमा जिपको ठक्करबाट घाइते भएकी ३ बर्षीया बालिकाको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जादै गरेको लु ३ च ३३९५ नम्बरको डबल क्याप जिपले ठक्करबाट भुसालका आमा र छोरी घाइते भएका थिए ।

सामान्य घाइते रहेकी मृतककी आमा रिता भुसाललाई उपचारपछि घर रिफर गरिएको थियो ।

सोमबार बिहान करिब १० बजे आमासंगै विद्यालय जाने क्रममा आमा र छोरीलाई उक्त गाडिले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

चालक र जिपलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय