२०८१ पुष १०, बुधबार ०६:३८

जापान।

नारायण पाण्डे,

सेमीकन्डक्टर कारखानाको विस्तारका कारण कामदार अभाव हुने चिन्तालाई उद्धृत गर्दै सरकारले जापानको कुमामोतो प्रिफेक्चरमा विदेशी इन्जिनियरहरूलाई भर्ना गर्न सजिलो बनाउन भिसा प्रकृयालाई सहज बनाउने निर्णय गरेको छ।

सरकारले गत २४ तारिख राष्ट्रिय रणनीतिक विशेष क्षेत्रका लागि प्रधानमन्त्री कार्यालयमा बसेको सल्लाहकार बैठकले सीमित क्षेत्रमा खास नियमन कार्यान्वयन गर्ने लक्ष्य राखेको थियो र ३२ वटा आयोजनालाई स्वीकृत गरेको थियो ।

यी मध्ये, कुमामोतो प्रिफेक्चर, फुकुओका शहर, र किताक्युशु शहरले ताइवानी सेमिकन्डक्टर कम्पनी ९त्क्ःऋ०द्वारा कारखानाहरूको विस्तारको कारणले गर्दा विदेशी इन्जिनियरहरूलाई काम गर्न सजिलो बनाउन भिसा मापदण्ड सहज बनाएको हो ।

पछिल्ला समयमा जापानमा श्रमशक्ति अभाव भएसंगै विभिन्न प्रिफेक्चरहरुमा नयाँ नयाँ सेक्टरहरुमा विदेशीका लागि मार्ग खुलाउने तथा भिसा प्रकृया सहज बनाउने योजनाहरु कार्यन्वयनमा ल्याईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय