२०८१ पुष १०, बुधबार ०६:५३

जापान।

नारायण पाण्डे,

जापानको मौसम विभागले  जापानको समुद्री तटीय क्षेत्रमा ठूलो हिउँ पर्ने, तीव्र हावाहुरी चल्ने, र खराब मौसमका कारण यातायातमा गम्भीर असर पर्ने चेतावनी दिएको छ।

विशेष गरी होक्काइदो, तोहोकु, र जापान सागरको तटीय क्षेत्रमा भारी हिमपात हुने सम्भावना छ। यसले गर्दा सडक, रेल, र हवाई यातायातमा अवरोध आउनसक्ने अनुमान गरिएको छ। साथै, हावाको तीव्र गतिका कारण झरी र हिमपातसँगै बिजुली कटौती र अन्य आपतकालीन अवस्थाहरु सिर्जना हुनसक्छ।

मौसमविद्हरूले स्थानीयबासीहरूलाई आवश्यक सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न, र मौसम सम्बन्धी जानकारीलाई निरन्तर अपडेट गर्न सल्लाह दिएका छन्। हिमपहिरो र चिसो हावाको प्रभावले घरबाहिरको गतिविधिहरुमा पनि असर पर्नेछ।

केहिदिनदेखि जारी हिमपातले तोहोकु,निगाता,कान्तो कोसिन,होक्काईदो,होकुरिकु तथा च्युगोकु क्षेत्रमा असर पुर्याएको बताइएको छ। २२ तारिखदेखि जापानको नागानो,गुन्मा,फुकुसिमा तथा आओमोरी यमागाता लगायतका प्रिफेक्चरमा प्रभाव देखिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय