२०८१ पुष ११, बिहीबार ०७:२८

 

लक्ष्मण सापकोटा

कपिलवस्तु,

लायन्स क्लव अफ बुटवल खसौलिद्वारा कैलाश आश्ररम परिसरमा अवस्थित मनकामना धार्मिक वनमा म्यांगो गार्डेन स्थापना गरेको छ १ कार्यक्रम का प्रमुख अतिथि रहनुभएका लायन्स क्लब अफ बुटवल खस्यौलिका संस्थापक अध्यक्ष एवं डिस्ट्रिक एडभाईजर एमजेएफ लायन मुक्ति प्रसाद श्रेष्ठले आफुहरुले विगत छ बर्षदेखि कैलाश आश्रम परिसरमा विभिन्न कार्यक्रम हरु गर्दै आएको र आगामि दिनहरुमा पनि कैलाश आश्रम जस्तो पवित्र भुमिमा यस्तै सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि मनकामना धार्मिक वनका अध्यक्ष बुद्धिराम घिमिरेले विगतका दिनमा लायन्स क्लब अफ बुटवल खस्यौलिसंगको सहकार्यको उच्च प्रशंसा गर्दै आगामि दिनमा कैलाश आश्रम परिसरमा अवस्थित गुरुकुल एवं धार्मिक वनको प्रवर्धन तथा प्रचारप्रसारका लागि समेत अपिल गर्नुभयो ।

कार्यक्रममा लियो क्लव अफ खस्यौलि सिटिका अध्यक्ष नारायण पोखरेल,मनकामना गुरुकुल प्रबर्धन समाजका अध्यक्ष रविराज ज्ञवालि, उपाध्यक्ष जगतराज रेग्मि, मनकामना सामुदायिक वन का उपाध्यक्ष पुस्कर घिमिरे, कल्याणेश्वर टोल विकास समितिका अध्यक्ष दिपक शर्मा भुसाल, कैलाश आश्रम कृषि सहकारी संस्था लिमिटेडका उपाध्यक्ष हुमकला पछाई, कोषाध्यक्ष धनराज रेग्मी , बुद्ध आवाज टेलिभिजनका प्राविधिक प्रमुख लक्ष्मण सापकोटा, समाजसेवि देवि घिमिरे, शिसुकला थापा , लायन्स र लियो क्लव अफ बुटवल खस्यौलिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो

म्यांगो गार्डेनको संवर्धनका निमित्त क्लवले धार्मिक वन लाई नगद समेत सहयोग गरेको थियो ।
लायन्स क्लब अफ बुटवल खस्यौलिका अध्यक्ष राजु खत्रिको अध्यक्षता एवं सचिव महेश पौडेलको सन्चालनमा भएको कार्यक्रममा कार्यक्रम संयोजक संदिप पौडेलको स्वागत मन्तव्य रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय