
जापान। नारायण पाण्डे,
माथिल्लो वायुमण्डलमा कडा चिसो हावाको कारण, मुख्यतया पूर्वी तथा पश्चिमी जापानको जापान सागर तथा पहाडहरुमा २९ तारिख आसपासमा भारी हिमपात हुने अनुमान गरिएको छ। भारी हिमपातको असरबाट सचेत रहन मौसम विज्ञान एजेन्सीले मानिसहरुलाई आग्रह गरेको छ ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार चिसो मौसमका कारण होक्काईदोदेखि होकुरिकुसम्मका जापान सागार आसपासका क्षेत्रमा अहिले पन् हिमपात जारी छ । पुर्वी जापानमा २९ तारिख र पश्चिमी जापानमा २८ तारिख हिमपातको जोखिम रहेको छ।
मौसम विज्ञान एजेन्सीको जानकारी अनुसार २८ तारिखको बिहान सम्मको २४ घण्टामा निगातामा ७० सेन्टीमीटर,होकुरिकुमा ६० सेन्टीमीटर,कान्तोकोसिनमा ५० सेन्टीमीटर,तोकाई क्षेत्रमा ४० सेन्टीमीटर हिउँ पर्ने सम्भावना छ।
त्यसलै यस अवधीमा मौसमी खबरहरुमा अपडेट रहँदै सुरक्षित रहन आग्रह गरिएको छ। खासगरि घरबाहिर निस्कँदा सवारी आवागमनमा असर पर्न सक्ने भएकाले विशेष सतर्कता अप्नाउन आग्रह गरिएको छ ।