२०८१ पुष १४, आईतवार ११:४१

जापान।

जापानमा यो वर्ष अहिले पछिल्लो केहिदिनयता इन्फ्लुएन्जाका बिरामीहरूको संख्या ह्वातै बढेको छ। जापानको स्वास्थ्य मन्त्रालयको पछिल्लो रेकर्ड अनुसार यस वर्ष यस समयमा देखिएको इन्फ्लुएन्जाका बिरामीहरुको संख्या विगत १० वर्ष यताकै सबैभन्दा उच्च रहेको छ।

अहिले जापानमा कोरोना महामारी पछि,इन्फ्लुएन्जा माहामारीकैरुपमा तीब्र मात्रामा फैलिरहेको बताईएको छ। विशेषज्ञहरूले नयाँ वर्षको सुरुवातमा संक्रमण थप उचाइमा पुग्न सक्ने चेतावनी दिएका छन्।

वर्षको अन्त्य र नयाँ वर्षको बिदामा घर फर्कने वा यात्रा गर्ने क्रममा संक्रमण फैलने सम्भावना बढ्ने भन्दा सतर्कता अप्नाउन चेतावानी जारी दिइएको छ।

विशेषगरी ओकिनावा, टोकियो, ओसाका, साप्पोरो तथा आइची जस्ता प्रिफेक्चरहरूमा यसको प्रभाव अत्यधिक देखिएको छ। यो संक्रमण मुख्यतः भीडभाड भएका स्थानहरू र चिसो मौसमका कारण फैलिरहेको छ। वर्षको अन्त्य र नयाँ वर्षको बिदामा हुने यात्रा तथा पारिवारिक भेटघाटका कारण संक्रमण झनै तीव्र बन्ने सम्भावना छ। यस अवस्थालाई मध्यनजर गर्दै, विशेषज्ञहरूले सबै नागरिकहरुलाई सावधानी अपनाउन सुझाव दिएका छन्।

विशेषज्ञका अनुसार साबुन र पानीले नियमित रूपमा हात धुनु, भीडभाड भएका स्थानहरूमा मास्क लगाउनु, र कोठाहरूमा हावा प्रवेश गराउने जस्ता उपायले संक्रमण फैलिनबाट रोक्न सकिन्छ। साथै, यदि कुनै लक्षण देखिन्छ भने तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न र इन्फ्लुएन्जाको खोप लगाउन पनि सिफारिस गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय