२०८१ पुष १६, मंगलवार ०५:३१

जापान।नारायण पाण्डे,

यस वर्ष यानेकी सन २०२४ मा, जापानमा १२ हजार ५ सय २० खाद्य वस्तुहरूको मूल्य वृद्धि भयो। यो सन २०२३ को तुलनामा ६० प्रतिशत कमी हो । यद्यपि, औसत मूल्य वृद्धि दर १७ ५ थियो, जुन अघिल्लो वर्षको १५ ५ भन्दा बढी रहेको तेइकोकु डेटा बैंकले बताएको छ ।

यस वर्षको मूल्य वृद्धि मुख्य रूपमा कच्चा पदार्थ, यातायात लागत, र श्रम खर्चको वृद्धिका कारण भएको थियो। विशेष गरी, प्रशोधित खाद्य पदार्थहरू र पेय पदार्थहरूमा उच्च मूल्य वृद्धि भयो ।

यसै गरि आउँदो वर्ष सन २०२५ को पहिलो चार महिनामा, ६ हजार १ सय २१ वस्तुहरूको मूल्य वृद्धि हुने अपेक्षा गरिएको छ, जुन यस वर्षको तुलनामा ६० प्रतिशत वृद्धि हुनेछ। यसले उपभोक्ताहरूलाई नयाँ वर्षसंगै थप आर्थिक भार पार्न सक्नेछ।

प्रारम्भिक तथ्यांकहरुका अनुसार सन २०२५ मा पनि जापानमा आम उपभोक्ताहरुले चर्को मूल्यवृद्धिका कारण आर्थिक भार खेप्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय