२०८१ पुष १६, मंगलवार ०५:४०

कपिलवस्तु
नेपाल किसान ट्रेक्टर समितिको २०औं वार्षिक साधारण सभा सकिएको छ । उक्त कार्यक्रम समितिको बाणगंगा नगरपालिका ८ पुलचोकमा अवस्थित कार्यालयमा सम्पन्न भएको हो ।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले किसानहरूको आर्थिक तथा सामाजिक समृद्धिका लागि आधुनिक कृषियन्त्रहरू विशेष गरी ट्र्याक्टरको भूमिकालाई अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले किसानको परिश्रमलाई सहज बनाउन र उत्पादनमा वृद्धि गर्न ट्र्याक्टरजस्ता कृषियन्त्रको सही प्रयोगले मात्रै अपेक्षित परिणाम प्राप्त गर्न सकिने बताउनुभयो ।

उहाँले किसानका लागि प्रदान गरिएका ट्र्याक्टर तथा अन्य उपकरणहरूको उपयोगिता सुनिश्चित गर्दै ती उपकरणहरू खेतीपाती बाहेकका काममा प्रयोग हुन नदिन सम्बन्धित निकाय र समुदायलाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो । पन्थीले यस्ता साधनहरूको उपयोगमार्फत कृषि क्षेत्रमा नयाँ आयाम थप्ने र उत्पादनशीलतालाई आधुनिक दिशामा लैजाने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

साथै, उहाँले प्रदेश सरकार तथा स्थानीय तहहरूलाई कृषि यान्त्रीकरणको प्रक्रिया तीव्र बनाउँदै किसानहरूको सशक्तीकरणका लागि थप अनुदान, प्रशिक्षण कार्यक्रम र सहुलियत दरमा उपकरण उपलब्ध गराउने व्यवस्था गर्न पनि सुझाव दिनुभयो ।

समितिका अध्यक्ष झविन्द्र खनालले अध्यक्षको प्रतिवदेन राख्दै कृषि पेशालाई आधुनिकिकरण गर्नको लागि ट्रेक्टरको प्रयोगलाई व्यवस्थित गराउन आवश्यक रहेको बताएका थिए । कार्यक्रममा समितिका महासचिव विष्णु गिरीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष मिलन श्रेष्ठले आर्थिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष बेचन यादवले दुर्घटना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय