२०८१ माघ १७, बिहीबार १४:४८

टोकियो

केइसेई इलेक्ट्रिक रेलवे कम्पनीद्वारा नारिता विमानस्थल र मध्य टोकियोलाई जोड्ने केइसेई स्काइलाइनरमा यात्रुहरूलाई अनुहार पहिचान प्रयोग गरेर टिकट गेटहरूबाट जान अनुमति दिने सेवा सुरु गरेको छ।

यस सेवामा प्रयोगकर्ताहरूले अनलाइन टिकट खरिद गरेर आफ्नो अनुहार९फेस रजिस्ट्रर० दर्ता गर्नुपर्दछ। त्यसपश्चात ट्रेनको टिकट गेटमा, प्रयोगकर्ताको अनुहार स्क्यान गर्ने ट्याब्लेट हुन्छ, र त्यसपछि भौतिक टिकट जारी गरिन्छ।

यस सेवाले यात्रुहरू स्टेशनमा टिकट काउन्टर वा टिकट गेटमा नरोकी ट्रेन चढ्न सक्ने भएकाले, भीडभाड कम हुने अपेक्षा गरिएको छ।

यो सेवा शुक्रबारदेखि चार स्टेशनहरूमा उपलब्ध छन् । अहिले नारिता विमानस्थल टर्मिनल १ स्टेशन, नारिता विमानस्थल टर्मिनल २(३ स्टेशन, निप्पोरी स्टेशन र केइसेई उएनो स्टेशनमा सेवा प्रारम्भ गरिएको बताईएको छ। मारुबेनी कर्पोरेशनले एआई अनुहार पहिचान प्रणाली विकास गरेको छ जुन प्रयोग भइरहेको छ।

हालसम्म केइसेई स्काइलाइनरको लागि टिकटहरू अनलाइन किन्न सकिने भए पनि, यात्रुहरूलाई स्टेशनहरूमा,काउन्टरहरूमा भौतिक टिकटहरू लिन आवश्यक थियो। पर्यटकहरूको वृद्धिसँगै केइसेई स्काइलाइनर प्रयोगकर्ताहरूको संख्या बढेको छ, जसको परिणामस्वरूप टिकटहरू प्राप्त गर्न प्रायः लामो लाइनहरू लाग्ने गरेको छ ।

यस अघि गत जुनमा चिबा प्रिफेक्चरको साकुरामा रहेको यामामान युकारीगाओका लाइनमा अनुहार पहिचान प्रयोग गरेर यात्रुहरूले रेलमा चढ्न सक्ने सेवा सुरु गरिएको थियो। यद्यपि, केइसेई इलेक्ट्रिक रेलवे जापानको पहिलो रेलवे अपरेटर हो जसले आरक्षित सिट भएका रेलहरूको लागि अनुहार पहिचान सेवा सुरु गरेको छ।

मारुबेनी कम्पनीले अनुहार पहिचान सेवालाई अन्य रेलवे लाइनहरू र सार्वजनिक यातायात बाहेक अन्य क्षेत्रहरूमा विस्तार गर्ने योजना बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय