२०८१ माघ ३०, बुधबार ०६:००

काठमाडौं

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य नियुक्त गर्नु भएको छ । भूमि आयोगमा अझै ९१ जना सदस्य नियुक्त हुन बाकी रहेका छन । केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्ला स्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने ब्यवस्था अनुसार मन्त्री अधिकारीले मङ्गलवार ३९ जनालाई सदस्य पदमा नियुक्त गर्नु भयो ।

मन्त्री अधिकारीले तेस्रो चरणमा अब बाँकी रहेका ९१ जना सदस्यहरु छिट्टै नियुक्त गर्ने बताउनु भयो ।भूमि समस्याको दिगो समाधानका लागि मन्त्रालयले द्रूतगतिमा काम गरिरहेको मन्त्री अधिकारीको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय