
कपिलवस्तु
२०७० सालमा सविधान सभा सदस्य बनेपछि गर्न खोजेको काम आफू मन्त्री भएर मात्र गर्न सफल भएको नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वताउनु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका– ८ बोडगाउँबाट मालपोत र नापी कार्यालयको सेवा सुरु गर्दै यस्तो वताउनु भयो । आईतबार एक भब्य समारोहबीच मन्त्री अधिकारीले कार्यालयको उद्घाटन एवम सेवाको शुभारम्भ गर्नु भएको हो । मन्त्री अधिकारीले मालपोत र नापी कार्यालय बाणगंगामा स्थापना गर्ने प्रयास २०७० साल मै गरेको स्मरण गराउदै उक्त समयमा बाणगंगामा ईलाका प्रशासन कार्यालय नहरेकाले प्रयास असफल भएको औल्याउनु भयो । उहाँले यस कार्यालयलाई थप व्यवस्थित र सेवालाई सहज बनाउन सबैको सहयोग आवश्यक रहेको स्पष्ट पार्नु भयो । जनताका समस्या समाधान तथा सरकारी सेवालाई छिटो छरितो बनाउन सरकार प्रयासरत रहेको मन्त्री अधिकारीले वताउनु भयो।
सरकार देशमा सुशासन कायम गर्न दृढताका साथ लागेको दावि गर्दै “२०७२ सालमा पेस भएको अध्यादेश अझै पास नभएको पृष्ठभूमीमा छिटो कानुन वनाउन अध्यादेश ल्याइएको तर्क गर्नु भयो ।हाम्रो काम गर्ने तौरतरिका अलि सुस्त छन् । जनतालाई सेवा प्रवाह छिटो चाहिएको छ । सरकारलाई पनि छिटो परिणाम चाहिएको छ । त्यसकारण सरकारले अध्यादेश ल्याएको छ,” उहाँले भन्नु भयो ।सरकारले ६ वटा अध्यादेश ल्याएको बताउँदै उहाँले ति अध्यादेश
मा २९ वटा कानुन संशोधनको सवाल रहेको बताउनु भयो । मन्त्री अधिकारीले अध्यादेशको विरोध गर्नेहरुलाई एकपटक अध्ययन गरेर मात्र विरोध गर्न चुनौती दिनु भयो।
सो अवसरमा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले वोल्दै बाणगंगालाई समृद्ध नगर वनाउन मालपोत र नापीको सेवा समेत आवश्यक रहेको थियो । भूमी ब्यवस्था मन्त्रीले जनताको पक्षमा गरेका राम्रा कामले कपिलवस्तुवासी नै गौरवान्वित भएको वताउदै घिमिरेले यस्तै उत्साहका साथ अझ जनमुखी काम गनृ आग्रह गर्नु भयो । प्रदेश सांसद गिरधारीलाल न्यौपानेले बाणगंगाले सेवा सुविधा विस्तारमा फड्को मारेको स्पष्ट पार्दै नगरलार्इृ यस्तो हुनुमा संघ प्रदेश र स्थानीय तह बीचको असल समझदारी र हातेमालो नै प्रमुख कारण रहेको वताउनु यमे । मेयर चक्रपाणी अर्यालले संघिय सरकारले स्थापना गर्न खोजेको मालपोत र नापीको सेवा विस्तारमा नगरले आर्थिक भौतिक सहित सबै पक्षवाट उल्लेख्य सहयोग पुराएको स्मरण गर्दै यस्तो गर्न पाउदा खुशी लागेको वताउनु भयो ।
जनताको खुशीकालागि नगरले यस्ता काममा ठूलो लगानी गर्न पनि पछि नपर्ने स्पष्ट पार्नु भयो । भूमी ब्यवस्था मन्त्रालयका सचिव अर्जनु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वाणगंगाकी उपप्रमुख रिता चौधरी , भूमी ब्यवस्था विभागका महानिर्देशक शिव प्रसाद सुबेदी ,प्रमुख जिल्ला अधिकारी विश्व प्रकास अर्याल लगायतले वोल्दै वाणगंगावासीलाई सजह सेवा उपलब्ध भएको वताउनु भयो । कार्यक्रमको सञ्चालन वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम वहादुर जिसीले गर्नु भएको थियो ।