२०८१ माघ ३०, बुधबार ०६:१३

जापान-

कामदार भिसामा जापान पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ परेकी छन् । धेरै जनासँग वैदेशिक रोजगारीका लागि कामदार भिसामा जापान लैजाने भनी रकम असुलेको आरोपमा बैजनाथ गाउँपालिका–५ की २३ वर्षीया तिर्सना बाठा मगर पक्राउ परेकी हुन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार प्रतिव्यक्ति १४-१५ लाख रूपैयाँका दरले ठगी गरेको आरोपमा मगरलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक डिएसपी आयुशप्रसाद जोशीले जापान पठाइदिने भन्दै मगरले १ करोड २३ लाख रूपैयाँ संकलन गरेको देखिएको बताए ।

डिएसपी जोशीका अनुसार उक्त रकम संकलन गरेर उनी २र३ महिनादेखि फरार थिइन् । उनीविरुद्ध पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । लगत्तै मगरविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो । मगरविरुद्ध थप अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय