
सागर बेल्बासे, कपिलवस्तु
शैक्षिक हिसाबले बाणगङ्गा नगर क्षेत्र सामुदायिक तथा संस्थागत बिद्यालय ले प्रदान गरेका शैक्षिक गतिविधिमा कपिलवस्तु कै अग्र स्थानमा पाइन्छ।बाणगङ्गा ४ सिद्दिपुर मा करिब १६ बर्सदेखी शैक्षिक सेवा प्रदान गर्दै आएको राइजिङ्ग स्टार बोर्डिङ स्कुल को सोर्हौ बार्सिक उत्सव ,अभिभावक दिवस,नतिजा प्रकासन तथा पुरस्कार बितरण कार्यक्रम आज सम्पन्न भएको छ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिक्रम थापाको अध्यक्षतामा भएको कार्यक्रम को प्रमुख अतिथिका रुपमा बाणगङ्गा नगर शिक्षा शाखा प्रमुख खिम बहादुर जि सि ,विशिष्ट अतिथिका रुपमा संस्थागत बिद्यालय तर्फ (प्याप्सन) का सचिब राजु अधिकारी अतिथीहरु क्रमशः थानेस्वर कणेल,बुद्दिसागर बेल्बासे,नरेन्द्र भण्डारी लगायत हुनुहुन्थ्यो।बिद्यालय कि शिक्षिका सुस्मिता थापाको संचालनमा भएको उक्त कार्यक्रम मा बिद्यालय का विद्यार्थी हरुको मनमोहक सांस्कृतिक प्रस्तुति ,कराते प्रस्तुति सहित विभिन्न बिधाका अतिरिक्त क्रियाकलाप मा सहभागी विद्यार्थी हरुलाइ मेडल सहित पुरस्कृत गरिएको थियो।
कार्यक्रम तथा बिद्यालय को शैक्षिक स्तर उन्नती का लागि घर बलियो हुन जग बलियो हुनु पर्ने भएकाले राजिङ्ग स्टार यश क्षेत्रमा धेरै विद्यार्थी को दरिलो जगको रुपमा स्थापित भैसकेको कुरा कार्यक्रममा उपस्थित अभिभावकहरुले आफ्ना छोराछोरी यसै स्कुलका उत्पादन भएकाले आफ्ना छोराछोरी को शैक्षिक क्रियाकलाप ले आफूहरु पुर्ण सन्तुष्ट रहेकाले हरेक अभिभावकले आफ्ना छोराछोरी लाई निर्धक्क भएर यसै स्कुलमा ल्याउन खुलेरै बिद्यालय ब्यबस्थापन ,शिक्षक तथा प्रीन्सिपल सहितको प्रशंसा सहित आग्रह गर्नुभएको थियो।कार्यक्रम मा विशिष्ट अतिथि प्याप्सन कपिलवस्तु का सचिब राजु अधिकारी अतिथी बुद्दिसागर बेल्बासे,नरेन्द्र भन्डारि लगायत ले सबै विद्यार्थी तथा बिद्यालय को शैक्षिक प्रगती सहित कार्यक्रम सफलता को शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथि खिम बहादुर जि सि ले अब विद्यार्थी का लागि मात्रै होइन अभिभावक का लागि पनि शिक्षा अति आवश्यक रहेकाले हरेक विद्यार्थी का अभिभावक ले बाहिरी खानपिन का कुरा,मोबाइल फोन प्रयोग का कुरा,बिद्यालय बाट घर पुगेपछिको ब्यबहारिक कार्य लगायत दैनिकी जिवनमा आमूल परिवर्तन ल्याउन अति आवस्यक रहेको कुरा राख्नु भएको थियो।प्रमुख अतिथी,बिशिस्ट अतिथी एबम अतिथि हरुले सबै बिधामा उत्कृष्ट विद्यार्थी हरुलाइ मेडल तथा पुरस्कार वितरण गर्नुभएको थियो।
यो बर्सको सर्बोउत्कृष्ट नतिजा सहित बिधालय प्रथम आरुसी पौडेल ,दोस्रो स्थानमा गुन्जना गौतम एल के जि बाट र तेस्रो स्थान मा कक्षा २ बाट दिक्षित आचार्य लाई सिल्ड,मेडल र कपि कलमहरु सहित विशेष पुरस्कृत गरिएको थियो।कार्यक्रम मा सहभागी सबै प्रती हार्दिक धन्यवाद सहित बिद्यालय का हरेक गतिविधिमा नजिक बाट सल्लाह ,सुझाब र प्रतिक्रिया सहित सहयोग पुराउन बिद्यालय का प्रधान अध्यापक डि बि थापले आग्रह गर्नुभएको थियो।राइजिङ्ग स्टार बोर्डिङ स्कुल का उत्पादन ले सबै अभिभावकलाई सन्तुष्टि दिन सकिरहेको र विद्यार्थी मा पनि फरक आत्मबिश्वास बढाउने गरि शैक्षिक स्तर उन्नति मा ब्यबस्थापन पक्ष गम्भीर भै लागि रहेको जानकारी गराउदै नयाँ बर्स २०८२ ले शिक्षा क्षेत्र मा नयाँपन दिलाउन सकोस भन्ने शुभकामना सहित यहि बैशाख ४ गते देखि नै बिधालय को नयाँ शैक्षिक सत्र सुरु गरिने भएकाले सबै अभिभावक लाई आआफ्ना छोराछोरी लाई भर्ना गराइ सेवा आदानप्रदान गर्न गराउन जानकारी गराउदै बिद्यालय ब्यबस्थापन तथा कार्यक्रम का अध्यक्ष बिक्रम थापाले कार्यक्रम को समापन गर्नुभएको थियो।