२०८१ चैत्र ३१, आईतवार १८:१२

ओसाका जापाननारायण पाण्डे,

अप्रिल १३ तारिख बिहान ८ः३० बजे रिबन काटेर जापानको ओसाकामा विश्व व्यापार मेला २०२५ औपचारिक रुपमा शुभारम्भ गरिएको छ । सन् २००५ मा आइची वल्ड एक्स्पो पछि जापानले आयोजना गरेको यो दोस्रो विश्व व्यापार मेला हो। यस पटकको विश्व व्यापार मेलामा १५८ देश र क्षेत्रहरू, साथै ७ अन्तर्राष्ट्रिय संस्थाहरू सहभागी रहेका छन् । सहभागी देशहरुले प्रदर्शनी स्थलमा आफ्ना देशका विकास, लगानी, संस्कृती, इतिहास, उद्योग, नविनतम प्रविधिका उन्नतीहरुले प्रदर्शनी राखेका छन् । जापानको पश्चिमी शहर ओसाकाको समुद्री किनार कृतिम रुपमा तयार पारिएको टापुमा यस पटकको विश्व व्यापार मेला आयोजना गरिएको हो। व्यापार मेला स्थल गोलाकार भित्रको ग्रान्ड रिङः वरिपरि बनाइएको छ ।

विश्व व्यापार मेलामा रहेका प्रमुख सुविधाहरू – समग्रमा एक्स्पो २०२५ स्थलका विशेषताहरु छन् : पहिलो हो यो ग्रान्ड रिङ अर्थात् गोलाकार भित्र आधुनिक र परम्परागत जापानी निर्माण प्रविधिहरू दुवै प्रयोग गरेर विशाल काठको संरचनामा निर्माण गरिएको छ । ‘शाइनिङ ह्याट’ एक्स्पो हल, खस्रो पर्खालमा चम्किलो सुनौलो छाना रहेको छ। जसमा रे गार्डेन, राष्ट्रिय दिवस हल रहेको, जहाँ एक्सपोमा सहभागी नेपाल सहितका देसहरुले पालैपालो कार्यक्रमहरू  गर्नेछन् ।

आधिकारिक रुपमा एक्स्पोमा स्टल सहित का सहभागी  देशहरु

अस्ट्रिया मण्डप अजबैजान मण्डप बहराइन मण्डप बाल्टिक मण्डप (लाटभिया, लिथुआनिया) बेल्जियम मण्डप बुल्गेरिया मण्डप क्यानाडा मण्डप चिली मण्डप चीन मण्डप कोलम्बिया मण्डप -चेक मण्डप फ्रान्स मण्डप जर्मनी मण्डप हंगेरी मण्डप भारत मण्डप इन्डोनेसिया मण्डप आयरल्यान्ड मण्डप इटाली मण्डप जोर्डन मण्डप कोरिया मण्डप कुवेत मण्डप लक्जमबर्ग मण्डप मलेसिया मण्डप

माल्टा मण्डप मोनाको मण्डप नेपाल मण्डप नेदरल्याण्ड मण्डप नर्डिक मण्डप (आइसल्याण्ड, स्वीडेन, डेनमार्क, नर्वे, फिनल्या ओमान मण्डप फिलिपिन्स मण्डप पोल्याण्ड मण्डप पोर्चुगल मण्डप कतार मण्डप रोमानिया मण्डप साउदी एबिया मण्डप

सर्बियाई मण्डप सिंगापुर मण्डप स्पेन मण्डप स्विट्जरल्याण्ड मण्डप थाइल्याण्ड मण्डप टर्की मण्डप तुर्कमेनिस्तान मण्डप उज्बेकिस्तान मण्डप युएई मण्डप युके मण्डप संयुक्त राज्य अमेरिका मण्डप भारतेली संघ मण्डप अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट मण्डप संयुक्त राष्ट्र संघ मण्डप लगायत का देस हरु सहभाही भै आफ्नो कार्यक्रम हरु सो गर्ने छन देख्दा सुन्दर आक्रसण चिटिक्क पारियको व्यापार मेला मा विभिन्न देसका नागरिक हरु आफ्नो पोसाका सहित उपस्थित छन भने मेला सुरक्षित  रमणिय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय