२०८२ बैशाख २०, शनिबार १०:२८

अमेरिकाले चीनबाट आयात हुने आठ सय अमेरिकी डलरभन्दा कम मूल्यका सामानमा पनि भन्सार कर लगाउने भएको छ । कम मूल्यका सामानमा भन्सार छुट हिजोदेखि अन्त्य गरिएको छ ।

अब व्यावसायिक रूपमा ढुवानी हुने सामानमा एक सय ४५ प्रतिशतको नयाँ कर लाग्नेछ, जुन चीनबाट आउने सामानमा लाग्दै आएको करको अहिलेको स्तर हो ।

यसले विशेषगरी शिन र टेमुजस्ता लोकप्रिय ई–कमर्स साइटलाई धक्का पुर्‍याएको समाचार संस्था एएफपीले जनाएको छ ।

चीनबाट अमेरिकामा ‘सेमीसिन्थेटिक ओपीओइड्स’ भनिने एक प्रकारको लागू पदार्थको अवैध प्रवाहका कारण उत्पन्न भइरहेको स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न यो कदम महत्त्वपूर्ण कदम भएको अमेरिकाको दाबी छ ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका अमेरिका र चीनबीच बढ्दो व्यापार युद्धको यो पछिल्लो कदम हो । ह्वाइट हाउसले चीनबाट आउने अटोमोबाइल्स, स्टिल र आल्मुनियमलगायत विभिन्न क्षेत्रमा २५ प्रतिशत थप कर लगाएको छ ।

त्यसको जवाफमा चीनले अमेरिकी आयातमा एक सय २५ प्रतिशत कर लगाएको थियो । मेक्सिको र क्यानडाबाहेक अन्य धेरैजसो अमेरिकी व्यापारिक साझेदारहरूले १० प्रतिशतको आधारभूत करको सामनासमेत गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय