२०८२ बैशाख २०, शनिबार १०:५८

नारायण पाण्डे, जापान ओसाका

नेपाल ब्राजिललाई उछिनेर ५ औ स्थानमा उक्लेको हो । जापान सरकारको अध्यागमन ब्युरोले मार्च १४ तारिख शुक्रबार सन् २०२४ को डिसेम्बरको अन्त्यसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ, जसअनुसार नेपालीहरू जापानमा पाँचौ ठूलो विदेशी बासिन्दाको रुपमा देखाएको छ । तथ्यांक अनुसार सन् २०१२ देखि २०२४ सम्म नेिपालीहरूको जनस‌ङ्ख्या जापानमा निकै बढेको देखिन्छ । सन् २०१२ मा जम्मा २४,०७१ जना नेपालीहरू जापानमा बसोबास गर्दथे। तर सन् २०२४ को अन्त्यमा यो संख्या बढेर २ लाख ३३ हजार नाघेको छ ।

अझ सन् २०२५ को सुरुवात देखि जापान आगमनको क्रम तथा विद्यार्थी आगमनको मुख्य सिजन अप्रिल इन्टेकको समेत जोड्ने हो भने यस वर्षको मध्यसम्ममा जापानमा नेपालीहरुको संख्या सहजै २ लाख ५० हजार पार गर्ने देखिन्छ । जापानमा नेपालीहरुको वृद्धि नेपाल बाट भाषा तथा उच्च शिक्षा अध्ययन गर्न जापान आउने नेपालीहरु बढ्‌नुको कारण एउटा मानिन्छ भने अर्को जापानमा बाल जन्मदर घट्‌दो र जेष्ठ नागरिकहरु बढ्‌दो हुनुले श्रम बजारमा विदेशी कामदारहरूको मागसँग पनि जोडिएको जापानबारे जानकार राखुहुने  बताउनुहुन्छ । विशेषगरी उत्पादन, नर्सिंग केयर, कृषि र सेवा क्षेत्रमा नेपालीहरु कार्यरत छन् । जापानमा बसोबास गरिरहेका बिदेशीहरुको संख्या यस प्रकार छ।

२०२४ डिसेम्बरको अन्त्यसम्म जापानमा बसोबास गर्ने विदेशीहरूको शीर्ष दश सूची यस प्रकार छ :

चीन – ८७३,२८६ भियतनाम – ६३४,३६१ दक्षिण कोरिया – ४०९,२३८ फिलिपिन्स – ३४१,५१८ नेपाली – २३३,०४३ ब्राजिल – २११,०७ इन्डोनेशिया – १९९,८२४

म्यानमार – १,३४,५७४ ताइवान – ७०,१४७ संयुक्त राज्य अमेरिका-६६, १११

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय