२०८२ जेष्ठ १, बुधबार १०:०२

जापान-

जापान प्रहरीले सार्वजनिक गरेको सवारी चालक अनुमति सम्बन्धी वार्षिक तथ्यांक अनुसार, सन् २०२४ को एक वर्षको अवधिमा ७५ हजार ९०५ जना विदेशी नागरिकहरूले आफ्नो मूल मुलुकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जापानी लाइसेन्समा रूपान्तरण (外免切替 ) गरेका छन्। यो संख्या पछिल्लो १० वर्षमा २.५ गुणा बढेको हो।

“गाइमेन् किरिकाए (外免切替)” भन्ने प्रणाली अन्तर्गत, जापानमा बसोबास गर्ने विदेशी नागरिकले आफ्नो देशको वैध सवारी चालक अनुमति भएमा केही परीक्षणहरू छुट दिइएर जापानी लाइसेन्स प्राप्त गर्न सक्छन्। तर, यस प्रणालीमा केही प्रणालीगत कमजोरीहरू रहेको भन्दै आलोचना हुँदै आएको छ।

यसकी गाईमेन किरिखाए गर्दा, परीक्षा अत्यन्तै सजिलो हुने,जापानमा बसोबासको आधिकारिक प्रमाण नभएको विदेशी नागरिकहरूले पनि होटेलको ठेगाना प्रयोग गरेर लाइसेन्स लिन सक्ने,जस्ता समस्याहरू उठाइने गरेको छ।

तथ्यांक अनुसार,सन् २०१४ मा यो संख्या ३० हजार ३८१ थियो। त्यसयता यो क्रमशः बढ्दै सन् २०२४ मा ७५ हजार ९०५ पुगेको हो।हाल जापानका विशेषगरी टोकियोका लाइसेन्स परीक्षण केन्द्रहरूमा यो प्रक्रिया गर्न लामो लाइन लाग्ने, पूर्व-आरक्षण प्रणाली लागू गर्नु परेको अवस्था आएको छ।

राष्ट्रिय सार्वजनिक सुरक्षा आयोगका अध्यक्ष साकाइ मनाबुले गत मार्चमा संसदमा बोल्दै भनेका थिए,“सैद्धान्तिक परीक्षा म आफैंले हेर्दा पनि अत्यन्तै सजिलो देखिन्छ।”उनले यो प्रणालीको कमजोरी स्वीकार गर्दै,“प्रणाली र यसको कार्यान्वयन दुबै पक्षबाट सुधारको लागि पुनर्विचार गरिनेछ।”

हाल जापानको प्रहरी एजेन्सी यस विषयमा सुधारको लागि गहिरो अध्ययन र छलफलमा लागेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय