
सागर बेल्बासे,, कपिलवस्तु
उहाँ केवल हजुरबुबा मात्र होइन, एक साथी, एक मार्गदर्शक, र असली प्रेरणाका स्रोत हुनुहुन्थ्यो।उहाँको सादगी, प्रेम, र सहनशीलता सधैं हाम्रो जीवनको पथप्रदर्शक बन्नेछ। हजुरबुबा, तपाईंको हात समाएर बस्ने ती पलहरूमेरा जीवनका सबैभन्दा तातो अनि सुरक्षायुक्त क्षणहरू थिए।तपाईंले त भन्नुहुन्थ्यो – “चिन्ता नगर, म छु त!”आज त्यो वाक्य सुनिन नपाउँदा मन टुक्रिएको छ .. बाः”म त तिमी ५ वर्षपछि डाक्टर भएर फर्किएकै दिन तिमीलाई अँगालो हालेर बधाई दिन्छु।”तपाईंले भनेको कुरा : ‘म त ५ वर्ष त बाँच्ने छु, तेरो बिहे त हेरेर जान्छु’ तपाईंले मसँग धेरै कुरा भन्न बाँकी थियो,मसँग त तपाईंको अँगालोमा टाँसिएर बच्चा जस्तै रुने समय बाँकी थियो।तर तपाईं त एक्कासी जानुभयो कसरी? किन?मलाई बिनाशब्द छोडेर .. के म ढिला आएँ?के तपाईंको बिछोडको संकेत म बुझ्न सकेन?कि बस, नियतिले चुपचाप लेखिसकेको थियो .. हामीबीचको भेट अन्तिम थियो भनेर? तपाईंको अधुरो सल्लाह, अधूरो साथ, अधूरो गुनासो ,सबै मनमा गुञ्जिरहन्छ।आज पनि तपाईं बोल्नुहुन्छ,तर ती शब्दहरू सम्झनाको स्वर बनेर आउँछ।आज पनि तपाईं देखिनुहुन्छ,तर त्यो आकृति अब सपनाको पर्दाभित्र छ…बुवा, तपाईंको छायाँ सधैं मसँग हुनेछ।तर तपाईंको अभावले मेरो जीवन अब पहिले जस्तो रहने छैन. म हाँस्नेछु बुवा, तपाईं खुसी हुनुहुन्छ भनेर,तर भित्रभित्रै म सधैं रुनेछु तपाईं बिनाको संसारमा। तिमी कहिले घर फर्किन्छौ?” भनेर तपाईंले बारम्बार सोध्नुभएको थियो! तपाईंको सपना थियो ! मलाई एकपल्ट डाक्टर बनेको, खुसी भएको, देख्ने।तर त्यो सपना अधुरो रह्यो।अब म यहाँ छु, तपाईं बिना…र प्रश्नहरू मात्रै छन्..तपाईं किन यति छिटो जानुभयो.. “तपाईंले भन्नुभयो — ‘हेर्न मन लागेको छ नि…’तर म आउन सकिन,र तपाईं एक्कासि… छोडेर जानुभयो।” त्यो अन्तिम बोली तपाईंकोआज पनि मनमा गुञ्जिरहेछ।कति अधूरो थियो त्यो वाक्य —जसमा तपाईंको स्नेह, प्रतीक्षा, र माया भरिएको थियो। अब त्यो आवाज फगत सम्झना बन्यो,तपाईंको अधूरो सपना मेरो जीवनको उद्देश्य बन्यो.. तपाईंले त सधैं भन्नुहुन्थ्यो —“म त सधैं तेरो साथमा हुन्छु नि…”तर आज म हेर्छु चारैतिर —र तपाईं हुनुहुन्न। तपाईं छोडेर जानुभयो…र म एक्लो भएँ। एक्लो यो घर,एक्लो कुर्सी,एक्लो थालीमा नछोइने खाना…सबैजना छन् — तर तपाईं हुनुहुन्न। बिहानको त्यो बोलाई छैन,साँझको त्यो प्रतीक्षा छैन,र ‘ध्यान राख है’ भन्ने त्यो स्वर अब कहिल्यै सुन्न सकिन्न। म अब घर कसरी जानु… तपाईं बिना ?? घर उस्तै छ…ढोका उस्तै छ, कुर्सी उस्तै छ,तपाईं बस्ने ओछ्यान पनि त्यहीँ छ —तर तपाईं छैन ! अब त्यो घर, घर जस्तो लाग्दैन।किनकि तपाईं हुनुहुन्न . तपाईंको हाँसो थियो — जसले घर गुञ्जिन्थ्यो,तपाईंको स्वर थियो — जसले बिहान सुरुवात हुन्थ्यो,तपाईंको माया थियो — जसले मलाई घर फर्कन मन लाग्थ्यो। अब…म घर फर्कन डराउँछु।किनकि घरभित्र पाइला राख्दातपाईंको याद हरेक कुनामा टाँसिएको हुन्छ। बुबा तपाईंले हेर्न नपाएको त्यो क्षण अब म तपाईंको सम्झनामा जिउनेछु।म तपाईंको तर्फबाट पनि बाँचेको महसुस गर्नेछु । बुवा,हजुरको साथ अब छैन,तर माया अझै छ ..उही, उस्तै, सधैँको जस्तो। सधैँ उता — जहाँ हुनुहुन्छ ..शान्त रहनुहोस्, खुसी रहनुहोस्।मेरो हरेक सासमा, हरेक खुसीमा, हजुर हुनुहुन्छ।हजुरको आत्माले सदैब चिर चिर शान्ति का साथ बैकुण्ठ को आधिपत्य पाइरहोस हजुरबुबा हार्दिक श्रद्धाञ्जली। महाप्रस्थान गर्नुभएका हजुरबुबा को सम्झनामा नातिनीले मनको प्रगाढ ममताको प्रदा खोलेकि शब्द प्रदायक समिक्षा बराल डाक्टर पढाईका लागि बङ्गलादेशमा अध्यनरत हाल रुपन्देहीको सैनामैना नगरपालिका ११ निवासि स्वर्गीय भिमलाल बराल कि नातिनी तथा सामाजिक एबम राजनैतिक युवा नेता सुर्य बरालकी कान्छी सुपुत्री हुन।


