२०८२ श्रावण १३, मंगलवार १५:११

“सागर बेल्बासे, साउन १३ कपिलवस्तु

लायन्स क्लब अफ कपिलवस्तुमा २०१९ मा आवद्द हुनुभएका लायन्स महेन्द्र भुसालले अध्ययनको सिलसिलामा देश बाहिर रहेकी आफ्नी छोरी मोनिकाको जन्मदिनको अवसरमा बाडगंगा नगरपालिका वडा नम्बर १ उत्तम नगर निवासी धुर्व बोटे र फूलकुमारी बोटेको घरमा एक महिनाकी सुत्केरी अवस्थामा रहेकी अति विपन्न फूलकुमारी बोटेलाई खाद्यान्न सामग्री नुन, तेल, चामल, अण्डा, दाल लगायतका सामग्री सहित उनको लागि लगाउने लत्ता कपडा समेत हस्तान्तरण गर्नुभएको छ। लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बाडगंगा नगरपालिका वडा नम्बर १ का कार्यबाहक वडा अध्यक्ष लक्ष्मीबहादुर खत्री, विशिष्ट अतिथिहरूमा वडा नम्बर १ का वडा सदस्य टोपोकला बि सी उत्तमनगर आधारभूत स्वास्थ्य सेवा केन्द्र का कार्यालय प्रमुख ईस्वरा खरेल,ब्यबस्थापन समिति सदस्य बुद्दिसागर बेल्बासे लगायत लायन्स क्लब अफ कपिलवस्तुमा आबद्ध रहनुभएका संस्थाका पूर्व अध्यक्ष धातनन्द भुसाल, नवदत्त घिमिरे,ओम प्रकास घिमिरे तथा लायन्स गिरिराज कंडेल,दामोदर पन्थी,बिकास न्यौपाने,महेन्द्र भुसाल,मनोज पौडेल,मोहन न्यौपाने, लियो हरि गैरे लायन्स क्लब कपिलवस्तु दिदिबहिनी कि प्रथम उपाध्यक्ष सीता भन्डारि लगायत को उपस्थिति मा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो भने आजै बाणगङ्गा ११ निवासी प्यारालाइसिस बाट शारीरिक असक्क्तता हुनुभएकी लिला रणपाललाइ व्हिल चियर समेत हस्तान्तरण गरिएको छ।कार्यक्रम मा बोल्दै प्रमुख अतिथी वडा नम्बर १ का कार्यबाहक अध्यक्ष लक्ष्मी बहादुर खत्री विशिष्ट अतिथी इस्वरा खरेलले मानव सेवा,वातावरण संरक्षण ,मनोरञ्जन तथा सिर्जनात्मक कार्यक्रम मार्फत लायन्स क्लब कपिलवस्तुले यश क्षेत्रमा गरेका विभिन्न कार्यक्रम बाट धेरै मानिसलाई प्रत्यक्ष राहत र सकारात्मक सन्देस प्रदान गरिरहेकोले लायन्स परिवार संग यस्ता कार्यक्रम मा सदैब सहकार्य लागि तयार रहेको कुरा व्यक्त गर्दै संस्थालाई धन्यवाद प्रकट गर्नुभएको थियो। संस्थाका सचिब लायन्स सन्दिप भट्टराई को संचालनमा भएको उक्त कार्यक्रम मा उपस्थिति जनाइदिनुभएका सबै प्रती कार्यक्रम संयोजक महेन्द्र भुसालले आभार प्रकट गर्नुभएको थियो।कार्यक्रमको बिसय प्रकाश संगै लायन्स उपाध्यक्ष गिरिराज कंडेलले स्वागत मन्तव्य राख्नुभएको थियो।आफुभन्दा कमजोर लाई सहयोग पुराउने मानव सेवाभाव बोकेको लायन्स क्लबले समाजका हरेक क्षेत्रमा यथासक्य सहयोग पुराइरहने कुरा राख्दै लायन्स क्लब अफ कपिलवस्तु का अध्यक्ष नारायण पौडेलले कार्यक्रम को समापन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय