२०८३ श्रावण १५, शुक्रबार १८:०५

कपिलवस्तु १५ साउन । पाँच वर्षअघिको वर्षायाममा बनगाई–भलवाड सडक हुँदै यात्रा गर्दा हिलो, धुलो र खोल्सा तर्नुपर्ने बाध्यता थियो। तर अहिले त्यही सडकखण्डमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ। लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको कपिलवस्तु र अर्घाखाँची जोड्ने बनगाई–मोतिपुर–भलवाड–डोहोटे सडक आयोजनाअन्तर्गत कोइली (क) र कोइली (ख) गरी दुईवटा महत्त्वपूर्ण पुल निर्माण सम्पन्न भएका छन्। जसले गर्दा यात्रा सहज बनेको प्रदेश साम्सद बिष्णु पन्थिले बताउनु भएको छ । उहाले सडकको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको सम्बन्धित निकायले जनाएको छ।
सडक तथा पुल निर्माणसँगै यस क्षेत्रका स्थानीयवासी, किसान, विद्यार्थी तथा व्यवसायीलाई आवतजावतमा ठूलो सहजता हुने अपेक्षा गरिएको छ। वर्षायाममा आवागमन अवरुद्ध हुने समस्या क्रमशः हट्दै गएको छ भने यातायात सेवा पनि थप नियमित बन्न थालेको छ।
यो सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि बुटवल, पूर्वी कपिलवस्तु र अर्घाखाँचीबीचको सडक दूरी छोटिनेछ। यसले व्यापार, कृषि उत्पादनको ढुवानी, पर्यटन तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
विकास निर्माणलाई अघि बढाउन प्रदेश साम्सद बिश्नु बनगाई–कपिलधाम सडकखण्डमा देखिएको भौतिक परिवर्तनले पूर्वाधार विकासको स्पष्ट संकेत दिएको स्थानीयको भनाइ छ। अहिले निर्माणको अन्तिम चरणमा रहेको यो सडक सम्पन्न भएपछि यस क्षेत्रको आवागमन अझ सुरक्षित, छिटो र सहज बन्ने अपेक्षा गरिएको छ।
यस सडकखण्डको पछिल्लो अवस्थालाई समेटिएको भिडियो बनगाई–कपिलधाम खण्डबाट सार्वजनिक गरिएको छ, जसले पाँच वर्षअघिको अवस्था र वर्तमान परिवर्तनलाई स्पष्ट रूपमा अनुभूति गराउँछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय