२०८३ श्रावण २७, बुधबार १२:३८

कपिलवस्तु २७ साउन ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ९, जिनुवास्थित खोजिपुर सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा ६ नाल भरुवा बन्दुक बरामद भएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले निरन्तर खोजतलास गर्ने क्रममा मिति २०८३ साउन २७ गते बिहान ९:०० बजे सामुदायिक वनभित्र रुखको फेदीमा बेवारिसे अवस्थामा राखिएका ती बन्दुकहरू फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय तौलिहवा, कपिलवस्तुका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिपक कुँवरका अनुसार प्रहरीले ती बन्दुकहरू रितपूर्वक नियन्त्रणमा लिएर यस घटनाबारे थप अनुसन्धान कार्य जारी राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय