२०८३ श्रावण २८, बिहीबार २१:३३

प्युठान २८ साउन । प्युठानका माडी र लुङ्ग्री खोला किनारमा भेटिएका पाँच वटा शवको पहिचान खुलेको छ ।ती शब रोल्पा पहिरोका बेपत्ताको रहेको खुलेको छ ।प्रहरीका अनुसार ती शव रोल्पाको थबाङ गाउँपालिका–५ कोतलाबाङ क्षेत्रमा गएको पहिरोले बगाएर ल्याएका व्यक्तिहरूका रहेको खुलेको हो
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० नरहरि अधिकारीले ती मृतक रोल्पाको पहिरोमा बगेर बेपत्ता भएकाहरूको रहेको खुलेको पुष्टि गरे ।
उनका अनुसार ती शव थबाङ गाउँपालिका–५ कोतलाबाङका ७ वर्षीय अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनी पुन मगर, ३४ वर्षीया विष्णु पुन मगर र ८० वर्षीय बलबहादुर पुन मगरका रहेको खुलेको छ ।उनीहरूका आफन्तले शवको सनाखत गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय