काठमाण्डौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन ुहाइज्याकु भएपछि ुकरेक्शनु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको बताउनुभएको छ ।
मङ्गलवार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले दुई वर्षअघि संविधान जोगाउनका लागि बनेको पाँच दलीय गठबन्धन ुहाइज्याकु भएपछि ुकोर्स करेक्शनु का लागि प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको बताउनुभएको हो । संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कांग्रेसले देश, व्यवस्थालाई हेरेर संविधान बचाउनका लागि संविधानमा आइपरेका विभिन्न खतरालाई समेत हृदयङ्गम गरेर ७० वर्षसम्म लडेर ल्याएको संविधान बचाउनका लागि प्रचण्डलाई विश्वासको मत दियो । संविधान बचाउनका लागि पाँच दलको गठबन्धन भएको थियो । गठबन्धन हाइज्याक भएको थियो । त्यसलाई करेक्शन गर्ने उद्देश्यले पनि मतदान गरेर संविधान बचाएर देशको सङ्कटलाई टार्ने एउटा प्रयास गरेका छौँ । यसले देश, नागरिकको भलो गर्छ ।’
उहाँले अहिले सबै राजनीतिक पार्टी एक ठाउँमा भएकाले एउटै विचार हुने पार्टीहरू एक ठाउँमा हुँदै जानेसमेत बताउनुभयो । कांग्रेसले व्यवस्था जोगाउनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले अब व्यवस्था जोगिने उहाँको भनाइ छ ।