२०७९ माघ १०, मंगलवार १२:४९

लक्ष्मण सापकोटा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १ र २ मा अवस्थित मनकामना सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष पदमा मुक्त बहादुर कार्कीले उम्मेद्वारी दिनुभएको छ । वनको चौथो अधिवेशन अन्तर्गत नेकपा ९एमाले० को तर्फबाट कार्कीले अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको हो । सफल नेतृत्व गरी जिल्लामै नमुना सामुदायिक वनको रुपमा विकास गर्ने अभियानका साथ लाग्ने बताउदै अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएका कार्कीलाई पार्टीले पनि सिफारिस गरेको छ ।

कार्कीले आफु अध्यक्ष भएसंगै सामुदायिक वनलाई उपभोक्ता महानुभावहरुको जिविकोपार्जन र रोजगारीमा जोड्ने गरि प्रत्यक्ष लाभान्वित हुने खालका काम गरि दिगो ब्यबस्थापनमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पृथ्वीका महत्वपुर्ण सम्पति जल, जमिन र जंगल मध्ये जंगल पनि महत्वपुर्ण सम्पति भएकोले सामुदायिक वनको माध्यमबाट वातावरणीय सन्तुलनमा पनि विशेष ध्यान दिने कार्कीले बताउनुभयो ।

अध्यक्ष पदका उम्मेद्वार कार्कीले वनमा रहेको ईकोपार्कलाई व्यवस्थित गर्ने, वन भित्र रहेका जंगली जनावरको संरक्षण गर्ने त्यस्तै कार्यालयको नजिक रहेका गुरुकुल, कैलाशआश्रम र दुर्गा मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नमा पनि अहम भुमिका खेल्ने बताउनुभयो । साथै उपभोक्ताहरुको माग र आवश्यकता अनुसार सदैव अगाडि बढ्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वि.स.२०१९ सालमा स्याङ्जको आधिखोला गाउँपालिका ३ मा जन्मिनुभएका कार्की ले जनता मावि पिपराको स्ववियु निर्वाचनमा अनेरास्ववियुको तर्फबाट स्ववियु सदस्य भई २०३९ सालमा देखि विद्यार्थी राजनीति सुरु गरि अहिले सम्म पार्टीको विभिन्न जिम्मेवारी पुरा गर्दै आउनुभएको छ ।

२०४७ सालमा पार्टीको संगठित सदस्य भई पार्टीको राजनीति सुरु गर्नुभएका कार्की पार्टीको तत्कालिन बाणगंगा गाउँकमिटीको सदस्य, उप सचिव, सचिव, क्षेत्रीय कमिटीको संस्थापक सदस्य, उप सचिव, २ कार्यकाल उपाध्यक्ष हुंदै हाल २ कार्यकाल बाणगंगा नगरकमिटीको उपाध्यक्ष पदकोे जिम्मेवारी पुरा गर्दै आउनुभएको छ ।

३५ बर्ष शिक्षण पेशामा मार्फत समाजमा योगदान गर्नुभएका कार्की पाका र अनुभवी नेताको रुपमा चिनिनुहुन्छ ।

२०६२र६३ सालको जनआन्दोलनमा ५ दलीय मोर्चाको कमाण्डर भई कार्कीले १९ दिने आन्दोलन सफल पार्नमा समेत योगदान पु(याउनु भएको थियो । कार्कीले अध्यक्षको जिम्मेवारी प्रदान गर्नका लागि उपभोक्ताहरुसंग अनुरोध समेत गर्नुभएको छ ।

करिव ११ सय बढी उपभोक्ता रहेको मनकामना सामुदायिक वन ४५९.२३ हेक्टरमा फैलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय