बिष्णु कुमार आले- अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ ढिकुरामा करेन्ट लागेर एक युवाको ज्यान गएको छ। यसरी मृत्यु हुनेमा ढिकुराको भुजेलपानीमा विद्युत मर्मत गर्ने क्रममा सन्धिखर्क –७ डिहिडाँडाका १९ वर्षीय रोशन शाह रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याउने बित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण घिमिरेले जानकारी दिए।









