बुटवल । लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक आजवाट सुरु हुने भएको छ । लुम्बिनी प्रदेश अधिवेसनको पाँचौ बैठक अपरान्ह १ बजेवाट सुरु हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन ।
मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएको करिब एक महिना हुन लाग्दासमेत सरकार विस्तार भएको छैन। गत पुस २७ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले २८ गते २ जना मन्त्रीसहित शपथ लिएका थिए तर ती २ मन्त्री पनि अहिलेसम्म विनाविभागीय रहेका छन्।
प्रदेशमा अब १० वटा मन्त्रालय बनाइने भएको छ भने राज्यमन्त्री पनि नराखिने भएको छ। यसअघिको प्रदेशमा ४ राज्यमन्त्री गरी १७ जना मन्त्री थिए। अब मुख्यमन्त्रीसहित १० जनामात्र मन्त्री रहने आधारमा मन्त्रिमण्डल विस्तार हुने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए।
२०७९ माघ २०, शुक्रबार १३:१३
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech