२०७९ माघ २०, शुक्रबार १४:१९

कपिलवस्तु – जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अवैध २१ लाख ७ हजार १०० भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । अवैध भारतीय रुपैयाँ ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिहीबार राति प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतको नेतृत्वमा खटिएका प्रहरी टोलीले कपिलवस्तु नगरपालिका(२ जमुवारपुलबाट भैरहवार्फ आउँदै गरेको कार चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाँउपालिका–६ विमिहा बस्ने ३५ वर्षीय राजेशकुमार बर्मा, सोही स्थानका २६ वर्षीय राकेशकुमार बर्मा र गाडी चालक भारतको सिद्धार्थनगर ग्राम अनुपनगर नौगढ घर भई हाल मायादेवी गाँउपालिका–१ ईमीलिया बस्ने २८ वर्षीय हमिद मुसलमान रहेका छन् । पक्राउ परेका तीनै जनालाई वैदेशिक मुद्रा अपचलन सम्बन्धी मुद्दा चलाउनका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय