२०७९ माघ २२, आईतवार २०:१२

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा. का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटार पुगेर रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले राजीनामा बुझाएका हुन् ।

यसअघि आजै दिउँसो बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने यथावत् नै राख्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय