बुटवल । बुद्ध जन्मस्थलमा लुम्बिनीमा भोलिदेखि हुने राम कथा प्रवचन कार्यक्रमका लागि भारतका प्रख्यात रामकथा वाचक मोरारी बापू रुपन्देही आइपुगेका छन् ।
उनलाई सोमबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, वसिउद्दीन खान, सिके गुप्ता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवाल, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, कार्यसमिति सदस्य मंगल भण्डारी, संजय बजिमय लगायतले स्वागत गरेका हुन् ।
श्री रामकथा प्रेम यज्ञ समिति, लुम्बिनीको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र सभा हलमा राम कथा प्रवचन हुँदैछ । प्रवचन माघ २४ गतेलेखि फागुन ३ गतेसम्म आयोजना हुने गरी तयारी भएको आयोजकले जनाएको हो । माघ २१ गतेदेखि हुने भनिए तापनि प्राविधिक कारणले तीन दिन सरेको कार्यक्रम संयोजक राजेश कुमार अग्रवालले बताए ।









