रौतहट । रौतहटको बृन्दावन नगरपालिकास्थित वागमती नदीको रमौली र बिश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवा करको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ ।
सो झडपमा परी दुबै पक्षका चार जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नगर प्रमुख विनोद पटेलले क्रसरको नाममा मनपरी गरेको भन्दै स्थानीयवासीले कर उठाउन बनाइएको झुपडी घरसमेत भत्काई आगजनी गरि दिएका छन् ।
जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरका अनुसार बृन्दावनस्थित बाग्मती खोलावाट निकासी हुने वस्तुको कर उठाउने विषयमा शनिबार अपराह्न दुबै पक्षबीच झडप भएको हो । सो झडपमा केही घाइते भएको खबर प्राप्त भएसँगै त्यसतर्फ सुरक्षाकर्मी परिचालन भइसकेको उनले जानकारी दिए । जसकाकारण अहिले अवस्था सामान्य हुदैँ गएको छ ।
घटनापछि नगरप्रमुख पटेलका समर्थकहरु गौर(चन्द्रनिगाहपुर खण्डमा जम्मा भएका छन् ।
२०७९ माघ २८, शनिबार २०:४८
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech