नेपालमा ग्याँस लिक भई भएका घटना नयाँ होइन यो भन्दा अगाडि यो भन्दा ठूला र भयानक दुर्घटनाहरु थुप्रै भएका छन । थुप्रै सर्वसाधारण नागरिकको ज्यानगइसकेको छ । खानापकाउने ग्याँस लिक्वीड पेट्रोलियम ग्यास ९एलपीजी० हो । ग्याँस गह्रुंगो हुने भएकाले जहाँ सिलिण्डर राखिएको हुन्छ ग्याँसको मात्रा भुईतिर हुन्छ । अक्सिजन ९हावा० र ग्याँस मिल्यो भने आगलागी हुन्छ । अझ सिलिण्डर पड्कियो भने त त्यो बमभन्दा पनि खतरानाक हुन्छ, भुई तलामा सिलिण्डर पड्कियो भने चार तले घरको चौथो तल्ला पनिध्वस्त पार्छ ।
ग्याँस सिलिण्डरबाट आगलागी हुने मुख्य ३ कारण छन । पहिलो सिलिण्डर, दोस्रो रेगुलेटर र तेस्रो ग्याँस पाइप । तर सिलिण्डर पडकिनुका पछाडि रेगुलेटरबाट हुने ग्याँस लिक प्रमूख कारण हो । आगलागी हुनुमा उपभोक्ताको असावधानी पनि हुन सक्छ, उत्पादक तथा बिक्रेताको लापरवाही, सरकारको प्रभावकारी अनुगमन र जनचेतनाको कमी पनि एक हुन ।
ग्यास उद्योगहरुमा उत्पादनकै समयमा ग्यासलाई सुरक्षित बनाउन भएका प्रयासमा केही कमजोरी हुन सक्छ । जस्तो कि सिलिण्डर तयार भएपछि सबै सिलिण्डर पानीमा डुबाएर परीक्षण गरिएको हुनुपर्छ । त्यो नहुंदा सिलिण्डर लिक भए–नभएको थाहा हुंदैन । यदि लिक भएको सिलिण्डर उपभोक्ताको घरमा पुग्यो भने दुर्घटना हुन सक्छ । सिलिण्डर लिक छ छैन थाहा पाउन सिलिण्डरको ज्योइन्ट ९जोडिएको ठाउँ०मा पानी राखेर थाहा पाउन सकिन्छ । लिक छ भने बुलबुल फोका उठ्छ ।
रेगुलेटरबाट ग्यास लिक भएरनभएको थाहा पाउन एक मुठी पानी रेगुलेटरको वरिपरि खन्यायो भने पत्ता लाग्छ । लिक छ भने बुलबुल फोका उठ्छ । यदि हामीले सेन्सरवाला रेगुलेटर प्रयोग गरेको खण्डमा रेगुलेटरका कारण हुने दुर्घटना पूर्णत रोकिन्छ । गुणस्तरीय रेगुलेटर ४ सयदेखि ५ सय सम्ममा पाउन सकिन्छ भने सेन्सरवाला १४ सयसम्म पर्छ ।
ग्याँस पाइपको कुरा गर्नुपर्दा तीन लेयरको पाइप प्रयोग गर्दा सुरक्षित हुन्छ । पीभीसी पाइप प्रयोग गर्न हुंदैन । यो मुसाले काट्न सक्ने, तातोका कारण जल्न र पग्लिन सक्ने हुन्छ । अहिले बजारमा ९० प्रतिशत पीभीसी पाइप छ ।
तीन लेयरको पाइप एक मिटरको २०० देखि ५०० रुपैयां मुल्यको हुन्छ । ग्याँससंग सम्बन्धित वस्तु किन्दा हामीले सधै गुणस्तरीय वस्तु प्रयोग गर्नुपर्छ । सस्तोको लोभमा गुणस्तरहीन सामान प्रयोग गर्दा हामी र हाम्रो परिवारको ज्यान जोखिममा हुन्छ ।
सिलिण्डर डिलरबाट ल्याउँदा वा लैजाँदा कुनै पनि अवस्थामा गुडाउन हुंदैन । डिलरले घरसम्म ल्याइदिएको ग्यास चुहावट युक्त छ कि छैन, परीक्षण गर्नुपर्छ । भान्सामा सिलिण्डर सधैँ ठाडो बनाएर राख्नुपर्छ ।
कुनै पनिअवस्थामा ग्यासलाई सुताएर वा कोल्टे पारेर वा घोप्ट्याएर प्रयोग गर्न हुंदैन ।
सिलिण्डरभन्दा कम्तीमा ६ इन्च माथि ग्यास चुलो राख्नुपर्छ । कहिलै पनि चुलोभन्दा सिलिण्डर माथि राख्नु हुँदैन। त्यस्तै ग्याँसको रबर पाइप १।५ देखि २ मिटरभन्दा लामो हुनु पर्दछ । रेगुलेटर नमिलेर वा बिग्रेर पनि ग्याँस लिक हुन सक्छ। सिलिण्डर फेरिसकेपछि रेगुलेटर राम्ररी ख्याल गर्नुपर्छ ।
सिलिन्डरमा ग्याँस सकिनासाथ भान्साभन्दा बाहिर राख्नुपर्छ । पुराना सिलिण्डर प्रयोग गर्नुहुंदैन ।
ग्याँस चुल्होका लागि चाहिने रेगुलेटर, पाइप, चुल्हो, रबरहरु नेपाल सरकारले गुणस्तर प्रमाण पत्र जारी गरेको कम्पनीको मात्रै प्रयोग गर्नुपर्छ।
ग्यास चुल्होसँग सम्बन्धित उपकरणहरु सकेसम्म हरेक दुईदेखि पाँच वर्षमा फेर्नुपर्छ ।
खाना पकाइसकेपछि रेगुलेटर अनिवार्य रुपमा बन्द गर्नुपर्छ। खाना पकाउँदा कोठाको झ्याल ढोका खुल्ला गर्नुपर्छ।
खाना पकाउन बस्दा सुतीको कपडा लगाएर बस्नुपर्छ । ग्याँसको सिलिण्डर भएको ठाउँमा एलपी ग्यासको तीखो गन्धआयो भने ग्याँस लिक भएको बुझ्नुपर्छ ।
ग्याँसको तिखो गन्ध थाहा पाउने बित्तिक्कै आगोका झिल्का निस्कने जस्तै(चुल्हो, लाइटर, सलाई, बिजुलीका प्लग, धुप जस्ता कुनै पनि उपकरण चलाउनु हुँदैन ।
ग्याँस लिक भएको थाहा पाउने बितिक्कै पहिले रेगुलेटर र पछि चुल्होको नभ बन्द गर्नुपर्छ । ग्याँस लिक भएको सिलिण्डर रेगुलेटरबाट छुटाएपछि सिलिण्डरमा हुने सुरक्षा क्याप लगाएर कोठा बाहिर राख्ने । ग्याँसको अनावश्यक भण्डारण नगर्ने ।
आगो लाग्ने बितिक्कै ग्यास पड्किंदैन । तर हामी पड्किन्छ भनेर भाग्छौँ । आगो लागिरहेको सिलिण्डर तत्कालै पड्किदैन, बरु सिलबन्दकुनै सिलिण्डर छेउमा छ भने त्यो चै पड्किन्छ, त्यसलाई तुरुन्तै बाहिर निकाल्नुपर्छ ।
आगो लाग्नेबितिक्कै लिकभएको ठाउँमा चिसो कपडाले छोप्ने, रेगुलेटर वाक्यापले ग्याँसको चुहावट रोक्न सकिन्छ । ब्लान्केट भिजाएर सिलिण्डर छोप्ने, जुटको बोरा भिजाएर छोप्ने तथा पानी राख्ने बाल्टिनले बेस्सरी सिलिण्डर छोप्दापनिआगलागी नियन्त्रण गर्न सकिन्छ ।
सिलिण्डरको म्याद पनि उपभोक्ताले जान्नै पर्ने कुरा हो ।
जो कोही सर्वसाधारणले पनि सहजै हेर्न र पत्तालगाउन सक्छन । सिलिण्डरको घाँटीमा भएका ३ वटा लाम्चा डण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्यादलाई जनाउनेगरी कोड राखिएको हुन्छ। सो कोडकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद पत्ता लगाउन सक्छन ।
यस्ता ग्याँसको सुरुमा ए, बी, सी र डी मध्ये एउटा अक्षर लेखिएको हुन्छ। त्यसपछि १६, १७, २०, २२, २५ आदि अंकहरु लेखिएको हुन्छ। यसकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद थाहापाउन सक्छन ।
ए, बी, सी र डीले अंग्रेजीकाक्रमशः ३–३ महिना जनाउँछ। एले जनवरी, फेबरुअरी र मार्च महिना जनाउँछ भने बीले अप्रिल, मे, जुन महिनालाई जनाउँछ। सीले जुलाई, अगष्ट र सेप्टेम्बर तथा डीले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ ।
त्यस्तै अंग्रेजी अक्षरपछि लेखिएको अंकले मिति जनाउँछ। जस्तै २३ अंंक लेखिएको भएमा त्यसको म्याद २०२३ सम्म हो भन्ने बुझ्नु पर्दछ। ‘बी २३ ’लेखिएको सिलिण्डरको म्याद सन २०२३ को जुनमहिनासम्म हो भन्ने बुझ्नु पर्दछ । यस हिसावले मूल्याङ्कन गर्दा अहिले प्रयोगमा आएका सिलिण्डर २३ अंकभन्दा मुनिको हुनु हुँदैन। अहिलेको मितिलाई ए २३ ले जनाउँदछ। तर यो मिति अन्तिम मिति हुने भएकाले बजारमा ३३ अंकसम्मका सिलिण्डर पाइन्छ।
एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ। १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ। तर ग्याँस उद्योगहरुले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वन नगरेको समेत पाइने गरेको छ।
हाइड्रोलिक टेष्ट गरेपछि सिलिण्डर नचुहिने पाइयो भने मात्रै त्यो सिलिण्डर पुनः ५ वर्षसम्म प्रयोग गर्न सकिने नत्र कवाडीमा दिनुपर्ने हुन्छ। सिलिण्डरको म्याद सकिएपछि वा बीचमै चुहावट भएमा त्यसलाई मर्मत तथा वल्डिङ गरेर प्रयोग गर्न पाइँदैन। हाईडोली टेस्ट गर्दा ग्याँस विक्रेता संघ, उपभोक्ताहित संरक्षण मञ्च, बाणीज्य कार्यालय लगाएका संस्थाको रोहवरमा हुनु पर्दछ ।
सिलिण्डरको म्याद मात्रै होइन, त्यसको तौल पनि धेरैलाई थाहा नभएको हुन सक्छ। विभिन्न कम्पनीका सिलिण्डरको तौल फरक फरक हुने गरेको छ। फलामको तौल फरक फरक भएपनि त्यसले कुनै प्रभाव भने पार्दैन। केही सिलिण्डरको १४ र केही सिलिण्डरको १५ केजीभन्दा बढी तौल हुने गरेको छ।
यो पनि सिलिण्डरमा स्पष्टसँग जनाइएको हुन्छ। सिलिण्डरको घाँटीमा रहेका तीन डण्डी मध्ये एउटामा वा घाँटीमुनि सुरुमा सिलिण्डरको तौल र त्यसको मुनि ग्याँसको तौल १४ दशमलव २ केजी लेखिएको हुन्छ।
सिलिण्डरको फलामको तौल जतिभए पनि ग्याँसको तौल भने १४ दशमलव २ केजी हुनैपर्छ। लेखिएको फलामको सिलिण्डरको तौल र ग्याँसको तौल जोड्दा आउने समग्र तौल जोखेर पनि ग्यासको वास्तविक तौल जो कोहीले पत्ता लगाउन सक्दछन्। ग्याससहितको एउटा सिलिण्डर जोख्दा १४ दशमलव २ केजी र फलामको जम्मा तौल जोड्दा आउने योगफल मिल्नुपर्दछ। अन्यथा ग्यासको तौलमा घटी(बढी भएको बुझ्न सकिन्छ।
यसरी भान्सामा प्रयोग हुने सिलिण्डरको म्याद बुझ्न सकेमा यसबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्नका लागि पनि सावधानी अपनाउन सकिन्छ।
त्यस्तै सिलिण्डरमा फलामको तौल र ग्याँसको तौल जोड्दा आउने कुल योगफल पनि सबैले चेक जाँच गर्नु जरुरी छ। यसबाट ग्याँसको तौलमा कमी गराएर हुन सक्ने ठगीबाट जोगिन सहयोग पुग्छ नै सम्वन्धित पक्षलाई पनि सही तौल कायम राख्न दवाव पुग्दछ।
देशभर अहिले २८ लाख बढी सिलिण्डरहरु उपभोक्ताका घरमा छन । दैनिक ८० हजारदेखि एक लाख सिलिण्डर बजारबाट खाली उठ्ने र त्यति नै संख्यामा रिबोटलिङ भएर वितरक मार्फत उपभोक्ताको घरमा पुग्ने तथ्यांक छ । यसका अतिरिक्त देशभरका झण्डै ६० वटा ग्याँस उद्योगको आफ्नै स्टोरेजमा पनि ग्यास मौज्दात हुन्छ ।