२०७९ फाल्गुन ९, मंगलवार ०६:४५

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर सोमबार पुनः डाउन भयो । यसअघि पनि पटकपटक अध्यागमनको अनलाइन प्रणालीमा समस्या आउँदा घण्टौंसम्म सेवा प्रभावित हुने गरेको थियो ।

सोमबार मध्यान्हदेखि सर्भर डाउन हुँदा सयौं यात्रु अलपत्र परे । एक घण्टा बढी अनलाइन प्रणाली अवरुद्ध भएपछि सेवा नियमित भएपनि फेरि समस्या निम्तिन नदिन सरकारले स्पष्ट योजना ल्याउन सकेको छैन ।

वैकल्पिक व्यवस्था गरेपछि सोमबारको समस्या समाधान भयो,ुु त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी गणेश आचार्यले भने । सर्भर डाउन कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

यहाँ सबसिस्टम धेरै छ । इन्टरनेट, इन्ट्रानेट, इन्टरपोल, जीआईडीसी र टेलिकम सबैसँग जोडिन्छ यो । एउटा कुनै सबसिस्टममा समस्या आउँदा अध्यागमन विभागको सबै सिस्टम प्रभावित हुने गरेको छ,ुु उनले भने ।

एक घण्टाभन्दा बढी सर्भर डाउन हुँदा सो समयमा यात्रुको फ्लाइट डिलेु भएको थियो । उक्त समयमा भिसा जारी गर्न नसक्दा सयौं यात्रु अलपत्र परेका थिए ।

नेपाली र भारतीय यात्रुको काम म्यानुअल्ली गरेपनि विदेशी नागरिकको काम रोकिएको थियो ।

अघिल्लो समय सरकारी डेटा सेन्टर जीआईडीसीको सर्भर डाउन हुँदा समस्या आएको थियो,ुु सूचना अधिकारी आचार्यले भने, आज के कारण समस्या भएको भन्ने खोजिरहेका छौँ ।

यस्ता समस्या बारम्बार आउन थालेपछि वैकल्पिक लोकल सर्भर जडानको काम भइरहेको उनले सुनाए ।

लोकल सर्भर जडान हुँदा अन्त कहीँ समस्या आयो भने पनि अध्यागमनको काम सामान्य तरिकाले चल्छ । सजिलै डेटा ट्रान्सफरको काम हुन्छ । हामी छिट्टै नयाँ सर्भर जडानको काम सम्पन्न गर्छौँ, उनले भने ।

प्राविधिक काममा सामान बजारमा नपाइएकाले सर्भर जडान ढिलो भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय