बुटवल । रुपन्देहीमा धारिलो हतियार प्रहार गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–५ का ४० वर्षीय बाबुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
फागुन २३ गते कञ्चन गाउँपालिका–५ उत्तर भैसाहीका २६ वर्षीय प्रेम थारु र सोही ठाउँका ४० का बाबुराम थारुविच जग्गाको विषयलाई लिएर दुबै जनाले मापसे गरी एक आपसमा झगडा गरेका थिए । सोही क्रममा बाबुराम थारुले प्रेम थारुलाई धारिलो वस्तु चक्कु प्रहार गर्दा छातीमा लागी घाईते भएको रुपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।
चक्कु प्रहार गर्ने बाबुराम थारु र उक्त घटनामा प्रयोग भएको चक्कु समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रवक्ता अर्यालले बताए । घाइते थारुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।