२०७९ चैत्र ६, सोमबार ०७:३६

हरि घिमिरे
कपिलवस्तु, कपिलवस्तुको मायादेवी साझेदारी वन उपभोक्ता समुहले वन डढेलो नियन्त्रण गर्नका लागि विद्यार्थीहरु संग सचेतनामुलक कार्यक्रम गरेको छ । वनले बाणगंगा वडा न। ११ को बरवामा रहेको शुर्योदय माध्यामिक विद्यालयका विद्यार्थीहरु संग जनचेतनामुलक कार्यक्रम गरेको हो ।

“डढेलोबाट वन जोगाउँ, जैविक विविधताको संरक्षण गरौं” भन्ने नारका साथ विद्यार्थीहरु संग सचेतनामुलक छलफल तथा अन्र्तरक्रिया गरिएको मायादेवी साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष दिनेश प्रसाद जैसवालले बताउनु भयो ।

उहाँले कक्षा ११÷१२ मा पढ्ने विद्यार्थी भाई बहिनीहरु आफैमा सचेत र समझदार रहने हुदाँ उहाँहरु संग कार्यक्रम गरिएको बताउनु भयो । अध्यक्ष जैसवालले विद्यार्थीहरुले समाजमा गर्न हुने काम तथा गर्न नहुने काम छुट्याउन सक्ने र समाजलाई सचेत गर्न अग्रसर रहने भएकाले वन डढेलो नियन्त्रणमा विद्यार्थीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।

डिभिजन वन कार्यालय तौलिहवा तथा सब डिभिजन वन कार्यालय पटनाको आयोजनामा वन डढेलो सचेतना सप्ताह अन्र्तगत पाँचौ दिन आईतवार विद्यालयमा कार्यक्रम गरिएको हो ।

चैत्र १ गतेदेखी सुरु भएको डढेलो नियन्त्रण कार्यक्रममा मायादेवी साझेदारी वनले हरेक दिन एउटा, एउटा कार्यक्रम गर्दै आएको छ । आज विद्यार्थीहरु संग भएको कार्यक्रममा करिब ९० जना विद्यार्थीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय