२०७९ चैत्र ३०, बिहीबार ०७:१०

काठमाण्डौ – प्रदेश १ को नाम कोशी राखेको विरोधमा आन्दोलन गरिरहेको समूहले प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घरमा तोडफोड गरेको छ ।

आन्दोलनरत समूहले आज बिहान राजभण्डारीको काठमाण्डौमा रहेको घरभित्र पसेर तोडफोड गर्नुको साथै घरको कम्पाउन्डमा कालो झन्डा राखेका नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

राजभण्डारी एमालेबाट सोलुखुम्बु प्रदेश सभा ख मा विजयी हुनुभएको हो । अध्यक्ष बास्तोलाले विज्ञप्ति निकालेर जनप्रतिनिधिमाथि भौतिक आक्रमण भएको भन्दै निन्दा गर्दै कारबाहीको माग गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय