२०८० बैशाख १२, मंगलवार ०५:५३

काठमाडौँ । हिज सोमबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा प्राविधिक समस्या आएसँगै विमानस्थलमा तनाव देखियो । जहाजको इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपछि विमानस्थल वरिपरि सर्वसाधारणको भीड लाग्यो । विमानस्थलका गेटमा सुरक्षाकर्मी समेत तनाव देखिन्थे ।

केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो ।

जहाज नफर्किकन सुरक्षित रहेको जनाउसहित दुबईतर्फनै लागेको छ । जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय