कपिलवस्तु ,शागर बेल्बासे
कपिलवस्तुको बुद्दभुमी १ बिरपुर को सिवालय टोल का करिब १४ र१५ घर बस्ती ठुलाठुला रुख को उच्च जोखिममा रहेका छन।त्यस टोलका बासिन्दा नर बहादुर बस्नेतले आफ्नो टोल का सबै नागरिक लाई रुखहरुको जोखिम बाट बचाइदिन सम्बन्धित निकाय संग आग्रह गर्नुभएको छ।



टोल मा ठुला ठुला साल का रुखहरु सुकेकाले हावाहुरी आंउदा ती हांगाबिंगा भांचिएर जन धनको ठूलो क्षति बेहोर्नु पर्ने जनाउनु भएको छ।रुखका हांगा भांचिनुका साथै ती हांगाबिगाले बिद्दुत को तार समेत चुंडाल्ने त्रास संगै वरपर आवतजावत गर्न नसकिने भएकाले यश बिसयमा वडा कार्यलय को सिफारिस समेत बनाइ सम्बन्धित निकाय जिल्ला बन कार्यालय मा समेत जानकारी गराइएको तर गुनासो सुनुवाइ मा ढिलाइ भएको त्यसै गाउँ का समाजसेवी गौरी प्रसाद बन्जाडे,शोभाखर पौडेल ,रेसम बहादुर कुंवर लगायत गाउबासिले जनाउनु भएको छ।
देश बिदेश का हरेक नागरिकको गुनासो सुनाउने र सुनिदिएका संचारकर्मी रबि लामिछाने थिए,उन्ले खोलेको घण्टी पार्टी ले सुनुदेला कि भन्ने आशाले रास्वपा कपिलवस्तु का सभापति शिव कुमार सुवेदीलाई बोलाएर सबै गुनासा तथा स्थलगत अनुगमन समेत गराएको स्थानियबासी नर बहादुर बस्नेत लगायत उपस्थित टोल बासिले जनाउनु भएको छ।स्थलगत अनुगमन र गुनासो पछि तत्काल समस्या समाधान को लागि संबंधित निकायलाइ जानकारी गराइ जनधन को क्षती हुनबाट रोक्न आफुले पहल गर्ने रास्वपा जिल्ला सभापति सुवेदिले जानकारी दिनुभएको छ।







