२०८० बैशाख २४, आईतवार ०६:५८

लक्ष्मण सापकोटा
कपिलवस्तु जिल्लाको चार नम्बरमा रहेको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशनले कोरियन भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान गरिएको छ । वर्ष सन २०२३ मा कोरियन भाषाको परिक्ष दिएर पढेर उत्तीर्ण भएका विद्यार्थीहरुलाई आज पिस हिमालयन रिसोर्टमा बिदाइ तथा सम्मान गरिएको हो ।


कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु सारु मगरले कोरिया जाने विद्यार्थीहरुले कोरियामा सिकेको सिप ज्ञान र अर्थलाई नेपालमा आएर लगानि गर्नुपर्ने बताउनु भएको छ । देशको आर्थिक अवस्था सबल नहुनुले नै दिनानुदिन कयौं युवायुवती वैदेशिक रोजगारिमा जानुपरेको बाध्यतालाइ स्विकार गर्दै यो अवस्थालाई कोरिया गएर आर्जन गरेको सिपलाइ प्रयोग गरेर अन्त्य गर्नुपर्ने बताउनु भएको छ । आफु पनि ५÷७ बर्ष कोरियामा बसेको स्मरण गर्दै त्याहा मात्र कामलाई प्राथमिकता दिने भएकाले आफ्नो स्वास्थ्य देखि सम्पुर्ण कुरामा सजग हुनुपर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय