२०८० जेष्ठ ५, शुक्रबार १२:२४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार ९आज० सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । संघीय संसदका दुवै सदनलाई संबोधन गर्न जाने क्रममा नागरिकलाई सास्ती हुनेगरी ‘तामझाम’को तयारी नगर्न राष्ट्रपति पौडेलले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरलेका अनुसार सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ । उनले विगतमा अन्य समयमा जस्तै सामान्य रुपमा संसद् गएर फर्कने भएकाले सडक अवरोध हुने र नागरिकले सास्ति पाउनेगरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय