२०८० जेष्ठ १७, बुधबार ११:५९

बुटवल  । बाँकेमा निजी जीप र यात्रुबाहक बस एकआपसमा ठोक्किदा एक चिकित्सक सहित २ जनाको ज्यान गएको छ। दुर्घटनामा ज्यान जानेमा कर्णाली प्रादेशिक अस्पतालकी चिकित्सक ५३ वर्षीया सञ्जु खाती खड्का र सुवास अधिकारी रहेका छन्। कारमा डाक्टर सञ्जु र कार चालक अधिकारी मात्रै सवार रहेको प्रहरीले बताएको छ।मंगलबार बेलुका सवा ५ बजेतिर नेपालगंजबाट काँकटभिट्टा जाँदै गरेको मे१ख ३३३५ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बा १३च ८२५३ नम्बरको कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोला नजिकै ठक्कर दिदा उक्त दुर्घटना भएका प्रहरीले बताएको छ।

मृतक सन्जु खडका उपप्रधानतथा रक्षामन्त्री पुर्ण बहादुर खडकाकी भाई बुहारी हुन। सञ्जु कर्णाली प्रदेश अस्पतालको निर्देशक डा। डम्मर खड्काकी श्रीमति हुन। डम्मर उपप्राधनमन्त्री पूर्णबहादुर खड्काका माइला भाइ हुन।अर्का मृतक ३७ बर्षिय अधिकारी गोरखा आपपिपल घर भई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चालक हुन्। उनीहरु दुवैको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बाँके जिल्ला प्रहरी प्रंमुख प्रहरी उपरिक्षक एसपी सञ्तोस सिंह राठोरले बताए।

दुर्घटनाका खवर पाउना साथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट पुगेको प्रहरीले घाइतेहरुलाई उद्धार गरि कोहलपुर मेडिकल कलेजमा पु¥याएको थियो । अस्पताल पु¥याएको केही बेरमै कारमा सवार डाक्टर खड्का र चालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए। सगरमाथा प्रालिको उक्त बसमा कुल २६ जना सवार रहेकोमा ६ जना घाइते भएको कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

घाइते सबैको अवस्था खतरा मुक्त रहेको पनि प्रहरीले जानकारी दिएको छ। प्रहरीले बसलाई नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ।माइती घर पाल्पा भएकी सञ्जु सुर्खेतस्थित घर जाने क्रममा उनी दुर्घटनामा परेकी थिइन। पारिवारीक स्रोतका अनुसार यही बर्ष उनीहरुले सुर्खेतमा नयाँ घर बनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय