२०८० जेष्ठ २२, सोमबार १४:४६


जेठ २२ अर्घाखाँची ।
सवारी साधन दुर्घटनामा परि एकै घरका दुई जना सहित अर्घाखाँचीका ५ जनाको मृत्यु भएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी भएको जिप दुर्घटनामा परि अर्घाखाँची पाणिनी १ का ५५ वर्षीय श्यामकला परियार, पाणिनी निवासी चालक २७ वर्षीय रमेश विक, पाणिनी २ पोखराथोकका २५ वर्षीय सीता गौतम, उनको दुई वर्षीय छोरा संयोग गौतम र पणेनाका ३७ वर्षीय विजय पोखरेल कृष्णप्रसाद को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

परियार, विक र गौतमको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य २ जना संयोग र पोखरेलको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ । घाइतेहरूको भैरहवा मेडिकल कलेज , चौराहा अस्पताल बुटवल र लुम्बिनी अस्पताल बुटवलमा उपचार भैरहेको छ ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पाणिनीको पणेनातर्फ आउदै गरेको लु १ च ९०२४ नम्बरको जिप ढोरपाटन सडकको केवँरेछेडामा सडकबाट ७० मिटर तल खसी दुर्घटनामा भएको थियो। उकालो सडकमा क्षेमता भन्दा बढि सामान सहित १५ जना यात्रु राखेका कारण एक्कासी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय