२०८० जेष्ठ २८, आईतवार ११:३१

बुटवल ।

बुटवल–भैरहवा राजमार्ग अन्तरगत तिलोत्तमाको योगिकुटीमा गएराती स्कार्पियो दुर्घटनामा हुँदा एक युवाको ज्यान गएको छ । दुर्घटनामा परी अर्घाखाँची छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट बुटवल  आउँदै गर्दा राती अन्दाजी पौने ४ बजेको समयमा योगिकुटीको शान्तीकुञ्ज चोकस्थित विद्युतको पोलमा स्कार्पियो ठोक्किएको थियो । बा २० च १४३८ नम्बरको स्कार्पियो आफै अनियिन्त्रत भई विजुलीको पोलमा ठोक्किदा अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँमा १७ वर्षीय सुसान श्रेष्ठ, १८ वर्षका विप्लव श्रेष्ठ, ४५ वर्षका सुरेन्द्र श्रेष्ठ, ३१ वर्षका विज्ञान श्रेष्ठ तथा ३५ वर्षका विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको बुटवल स्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय