२०८० जेष्ठ ३१, बुधबार १६:५३

काठमाण्डौ – रुपन्देहीको तिलोत्तमामा ४० करोड रुपैयाँको निजी लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बन्ने भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवामा बन्ने एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको गएको सोमवार शिलान्यास भएको हो ।

एक्स्ट्राटेक ओभल प्रालि र यसका निर्देशक विनोद कुँवर तथा चिफ अपरेटिङ अफिसर सुदीक्षा गौतमसँग यस रङ्गशालाको स्वामित्व रहेको छ ।

पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रङ्गशाला बनाइने र प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बनाउने योजना रहेको कुँवरले बताउनुभयो। एक्स्ट्राटेक ओभल क्रिकेट मैदानलाई रङ्गशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

default

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय