२०८० असार २, शनिबार ०६:२७

सागर बेल्बासे, कपिलवस्तु


रास्ट्रीय स्वतन्त्र पार्टी को पहिलो बार्सिक उत्सव को अवसर मा मिति २०८०-०३-०१ गतेदेखि ७ गतेसम्मको कार्यक्रम मध्ये कपिलवस्तु जिल्लामा पनि एक सदस्य एक बिरुवा आफ्नै स्वामित्व र संरक्षण मा एक घर एक बिरुवा २ बर्स भित्र फल खाने बनाइ आत्मनिर्भर को पहिलो अभियान मा १०० थान बिरुवा आआफ्नो घरमा र करिब ५० थान फलफूल का बिरुवा सामुहिक रुपमा रोप्ने कार्य भएको छ। प्रदेश ,जिल्ला ,निर्वाचन क्षेत्र ,नगर का साथै १,२,३,४,५,८ वडा को प्रतिनिधिमुलक उपस्थिति मा आजको सामुहिक बृक्षारोपण कार्यक्रम गरिएको छ। धेरै ले बृक्षारोपण गर्ने तर त्यस्को संरक्षण र स्वामित्व ग्रहण नगर्ने देखिएकाले बाणगङ्गा नगरको वडा नम्बर १ स्थित बाणगङ्ग र गजेहडा भु पु सैनिक खानेपानी संस्थान संग समन्वय गरि संस्थान को परिसर मा बृक्षारोपण गर्दा खानेपानी को श्रोत रिचार्ज मा समेत बोट बिरुवाको बढी महत्त्व हुने भएकाले संस्थान कै परिसर मा सो कार्य गरिएको नगर सभापति बुद्दी सागर बेल्बासे ले जनाउनु भएको छ।

रोपिएका सबै बिरुवाको संरक्षण र सम्ब्रदन मा रास्वपा वडा नम्बर १ को कार्यसमिति र खानेपानी संस्थान संगै लाग्ने वडा नम्बर १ का सभापति संकर पौडेल ,उपसभापति भगवती शर्मा,सचिब सुरेस घिमिरे ,सह सचिब लाल बहादुर थापा,कोषाध्यक्ष मिनलाल पौडेल सदस्य बिस्णु खराल लगायत ले जनाउनुभएको छ।


रास्वपा जिल्ला कार्यसमिति को पहल मा जिल्ला बन कार्यालय बाट निशुल्क बिरुवा उपलब्ध गराएको मा विशेष धन्यवाद दिंदै सबै सदस्य ले लगाएका बिरुवा को अवस्था बेला बेलामा अनुगमन गरिने बिरुवा मरेमा पुन बिरुवा उपलब्ध गराउने र दुई बर्स भित्र मा फल खाने बिरुवा बनाइ प्रकृति संरक्षण संगै आत्मनिर्भर बन्ने यो अभियान रहेको जिल्ला सभापति शिव कुमार सुवेदिले जानकारी गराउनु भएको छ। १ गते बृक्षारोपण,२ गते वडा भेला तथा समिती गठन ,३ गते सरसफाइ ,४ गते फलफूल बितरण,५ गते बृहत रक्तदान लगायत का कार्यक्रम को तयारी गरिएको क्षेत्रीय सदस्य बिक्रम थापा र हेमन्त श्रेष्ठले जनाउनु भएको छ। कार्यक्रम मा लुम्बिनी प्रदेश सदस्य एबम शिक्षा बिभाग प्रमुख रोम बराल,जिल्ला सभापति शिव कुमार सुवेदी ,क्षेत्रीय सदस्य बिक्रम थापा र हेमन्त श्रेष्ठ ,नगर सभापति बुद्दी सागर बेल्वासे,वडा नम्बर १,२,३,५,८, का सभापति क्रमशः शंकर पौडेल ,षडानन्द न्यौपाने ,प्रेमलाल भुसाल,धनिस्वर खनाल,गोबिन्द जि सि को प्रत्यक्ष उपस्थिति मा कार्यक्रम सम्पन्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय