सागर बेल्बासे ,कपिलवस्तु
राष्ट्रिय स्वतन्त्र पार्टिले आफ्नो पहिलो बार्सिक उत्सवको अवसरमा देश ब्यापी रुपमा असार १ गतेदेखि ७ गतेसम्म विभिन्न सामाजिक क्रियाकलाप गरि मनाउने निर्णय अनुसार दैनिक कार्यक्रम भैरहेका छन।
पांचौ दिन देश भर रक्तदान गर्ने कार्यक्रम अनुरुप कपिलवस्तु मा पनि रक्तदान कार्यक्रम भएको छ।कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु जिल्ला शाखाको हल तथा संस्थाकै प्राबिधिक सहयोग मा रक्तदान भएको छ।कार्यक्रम रास्वपा जिल्ला सभापति शिव कुमार सुवेदी को नेतृत्व र लुम्बिनी प्रदेश सदस्य डाक्टर सरस्वती भट्टराई,निर्वाचन क्षेत्र नम्बर २ का सदस्य क्रमश माधव पराजुली,अन्जु शर्मा,अखिलेश्वर दुवे,बाणग्ङ्गा नगर सभापति बुद्दी सागर बेल्बासे,बाणगङा ५ र ११ का सभापति क्रमशः धनिश्वर खनाल,नारायण खनाल, सल्लाहकार डिल्लीराज अर्याल सहित संचारकर्मी,स्वास्थ्यकर्मी तथा आम रक्तदाताको प्रत्यक्ष सहभागिता मा कार्यक्रम सम्पन्न भएको छ।
रास्वपाको यो कार्यक्रम ले पछिल्लो समय को रक्त अभाव लाई ठुलो सहयोग पुराएको रेडक्रस सोसाइटी कपिलवस्तु का मन्त्री संजय श्रीवास्तव ले जनाउनु भएको छ।आजभोलि रगत अभावले दैनिक मै हुं भन्ने नेतागिरी गर्छु भन्ने लगायतका फोन र प्रेसर आउने,१ पोका रगत लिन १० जना आउने तर रक्तदान गरे सकिहाल्छ कि भनेजस्तो गरेर जिल्ला मा पनि प्रयाप्त रगत नभएको बेला रास्वपाको यो कार्यक्रम ले धेरै जनताको जिउ ज्यान जोगिन सफल हुने हुंदा आयोजक ले आफ्नै कार्यकक्षमा यस्तो कार्य आयोजना गरेकोमा धन्यवाद संगै रक्तदान गर्न इच्छुक लाई कार्यालय समयमा उपस्तिथित भै जहिले पनि यो पुन्य कमाउन समेत मन्त्री श्रीवास्तवले जानकारी गराउनु भएको थियो।कार्यक्रम मा प्राविधिक सहित भवन उपलब्ध गराइ हाम्रो अभियान लाई सहयोग पुराएकोमा रेडक्रस सोसाइटी कपिलवस्तु ,सबै रक्तदाता तथा सहभागी र उपस्थिति सबै लाई रास्वपा जिल्ला सभापति शिव कुमार सुवेदिले कृतज्ञता प्रकट गर्नुभएको थियो।