कपिलवस्तु ७ असार ।बाणगंगाले कृषी क्षेत्रलाई उच्च प्राथामिकता राखेर गरेको लगानीले यहाको उत्पादनले लुम्विनी प्रदेशका धेरै जिल्लाका नागरिकहरु पालिएको दावि नगर प्रमुख चक्रपाणि अर्यालले गर्नु भएको छ । कृषि दिवसको अबसर पारेर वाणगंगा नगरपालिका ४ गजेहडा विपी स्मृति भवनमा आयोजित आईपिएम कृषक पाठशालाको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।कार्यक्रममा बोल्दै खाद्यान्नमा बाणगंगाले ठूलो परिणाममा निर्यात गर्ने गरेको वताउदै मेयर अर्यालले भन्नु भयो तरकारी र अण्डा निर्यात गर्नेकाम वर्षौदेखी जारीछ ।
उहाले तरकारी र फलफूलमा रासायनिक विषादीको प्रयोगलाई कम गराई बाली संरक्षणको लागी स्थानीय बनस्पतिक विषादीको प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनु भयो । नगरले कृषि क्षेत्रका सवालमा बिभिन्न योजना बनाउदै आएको बताउदै कृषकको उत्पादनमा आधारि कार्यक्रमलाई प्रोत्साहान गर्दै आएको बताउनु भयो । यस्तै उपप्रमुख रिता कुमारी चौधरिले स्थानीय स्तरमा रहेका कृषि प्राविधिकको कमीलाई पूर्ति गर्न नगरले भुमिका खेलेको बताउनु भयो । स्थानीय सरकारले नियमित रूपमा आफ्नो नीति तथा कार्यक्रममा राखी नगरमा सञ्चलन गदै आएको बताउनु भयो ।
यता प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसालले सरकारी नीतिलाई कृषकहरूले पछ्याउन नसक्दा र स्थानीय तहमा कृषिको जनशक्ति कमि हुदा समस्या हुने गरेको भए पनि यस्तो समस्यालाई समाधान गर्ने बताउनु भयो ।आगमि दिनमा कृषकका समस्यालाई नगरले समेट्रने बताउनु भयो । कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष छविलाल रेस्मी मगर, कृषि शाखा प्रमुख लेष बहादुर केसी, धनिराम आचार्य लगाएतको उपस्थिती रहेको थियो । मिन कुमारी थारुको अध्यक्षतामा कार्यक्रम भएको हो ।