२०८० असार ७, बिहीबार १७:३६

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुलीका पोल सार्नमात्रै ५० अर्ब रुपैयाँ चाहिने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा कार्यकारी निर्देशक घिसिङले देशभरिको बिजुलीका पोल सार्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पोल सार्नमात्रै प्राधिकरणलाई ५० अर्ब रुपैयाँ चाहिने बताउनुभएको हो ।

उहाँले काठमाण्डौमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको भन्दै केही महिना नागरिकले अप्ठेरो बेहोर्नुपर्ने बताउनुभयो । खानेपानीको पाइप पनि भूमिगत गर्ने काम भइरहेको भन्दै उहाँले प्राधिकरणले तार भूमिगत गरिसकेपछि खानेपानीको काम नसकिएसम्म सडक पिच गर्न नसकिने बताउनुभयो । भूमिगत गर्ने काम निकै अप्ठेरो रहेको भन्दै सबै निकायको समन्वय आवश्यक पर्ने घिसिङको भनाइ छ ।

उहाँले भन्नुभयो – ‘काठमाण्डौमा बिजुलीको तारसँगै खानेपानीको पाइप पनि भूमिगत गर्ने काम भइरहेको छ । अझै दुईरचार महिना नागरिकले अप्ठेरो बेहोर्नुपर्ने देख्छु । ’

घिसिङले राष्ट्रिय गैरसरकारी संस्था ९एनजीओ० र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ९आईएनजीओ० हरूलाई विद्युत प्रसारण लाइन बनाउन दिन नहुने बताउनु भयो । त्यस्तै उहाँले एउटा प्रसारण लाइन बनाउन मन्त्रिपरिषदबाट स्वीकृत भएपछि कटान आदेश आउन पाँच वर्ष समय लाग्ने भन्दै ढिलो नहुने कानुनी व्यवस्था गर्न सांसदहरूलाई ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय